×

NMB BANK
NIC ASIA

नाकाबन्दी भएको कतारमा अर्को विश्वकप होला कि नहोला ?

असार ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ३ असार – विश्वको ध्यान अहिले केही दिनअघि सुरु भएको विश्वकप फुटबल प्रतियोगितातर्फ तानिएको छ । पहिलो पटक विश्वकप आयोजना गरेको रुसले यही जुन १४ अर्थात् जेठ ३१ देखि एक महिनासम्म हुने फुटबल महासंग्रामलाई भव्य र अविश्मरणीय बनाउन अनेक उपाय गरेको छ । फिफा विश्वकपको २१औँ संस्करणको व्यग्र प्रतिक्षा भइरहेका बेला २२औँ संस्करणको विश्वकप आयोजना गर्ने हिम्मत देखाएकै कारण कतारमाथि नाकाबन्दी भएको पनि एकवर्ष पुरा भएको छ । 

Muktinath Bank

सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिताको आयोजना कतारमा गर्ने तयारी भएपछि ग्यास र तेल भण्डारले सम्पन्न सानो देश कतार र उसका छिमेकी मुलुकबीच जारी कूटनीतिक संकटका कारण प्रतियोगिता अन्यौलमा पर्ने त होइन भन्ने आशंका बढ्दो छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१० मा विश्व फुटबल महासंघ फिफाले सन् २०२२ को विश्वकप कतारलाई आयोजना गर्न दिने निर्णय गरेको थियो । गर्मीमा कतारको तापक्रम बढी हुने भएकोले शरद ऋतुमा खेल सञ्चालन गर्ने निर्णयसमेत गरिएको थियो । कतारले विश्वकप आयोजना हुनुलाई क्षेत्रीय एकताको प्रतीकको रुपमा व्याख्या गरेको थियो । तर कतारले विश्वकप आयोजना गर्दा छिमेकी देशसमेत खुशी हुनुपर्ने बताएपनि अन्य देश भने बेखुशी देखिए । उनीहरु वेखुशी भएको पुष्टि उनीहरुले अनेक बहनामा कतारमाथि नाकाबन्दी लगाएर गरे । गतवर्षको जुन महिनामा साउदी अरब, बहराइन, इजिप्ट र संयुक्त अरब एमिरेट्स (युएइ)ले कतारसँग सम्पूर्ण कूटनीतिक तथा व्यापारिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका थिए र त्यो अवस्था अहिले पनि जारी छ । यही कुटनीतिक संकटका कारण विश्वकपको अर्को संस्करण शंकाको घेरामा छ । 


Advertisment
Nabil box
Kumari

कतारमा विश्वकप आयोजनासम्बन्धी सर्वोच्च निकाय ’सुप्रिम कमिटी फर डेलिभरी एण्ड लेगेसी’ले भने नाकाबन्दी भएपनि विश्वकप आयोजना गर्न सक्ने दावी गरेको छ । उसले आफ्नो एउटा वक्तव्यमा भनेको छ, “मध्यपूर्वमा पहिलो पटक गरिन लागिएको विश्वकप आयोजनालाई लिएर कुनै संकट छैन । कतारविरुद्ध जारी नाकाबन्दीको असर विश्वकपको तयारीमा पर्नेछैन ।” ‘म्यानेजमेन्ट कन्सल्टेण्ट कर्नरस्टोन ग्लोबल’ले केही महिनाअघि तयार पारेको एक अध्ययन प्रतिवेदनमा भनिएको छ, “विश्वकप आयोजनालाई लिएर कतार ठूलो दबाबमा छ । यसको कारण जारी राजनीतिक संकट वा कतारमा एउटा आन्दोलन भड्किने आशंका छ ।” के फिफा विश्वकप २०२२ संकटमा छ ? भन्ने शीर्षकमा गरिएको अध्ययन प्रतिवेदनअनुसार निर्धारित समयमा कतारमा विश्वकप हुन्छ या हुदैन भन्न सकिने अवस्था नरहेको पश्चिमा कूटनीतिज्ञहरुले बताइरहेका छन् । तर सुप्रिम कमिटी फर डेलिभरी एण्ड लेगेसीले भने प्रतिवेदन अस्वीकार गरेको छ । विश्वकप आयोजनालाई लिएर कुनै समस्या नरहेको कतारले दाबी गर्दै आएको छ । 

Vianet communication
Laxmi Bank

कतार प्राकृतिक ग्यास निर्यात गर्ने संसारकै दोश्रो ठूलो राष्ट्र हो । २७ लाख मात्र जनसंख्या भएको यो सानो खाडी मुलुक समृद्ध छ । आफ्नो क्षेत्रमा छुट्टै पहिचान बनाउने र प्रभाव विस्तार गर्ने कतारको नीति छ । ऊसँग प्रसिद्ध वायुसेवा कतार एयरवेज छ । प्रसिद्ध टेलिभिजन च्यानल ‘अलजजिरा’ छ । यही पुष्ठभूमीमा सन् २०२२ मा फिफा विश्वकप आयोजना गर्ने हिम्मत गरेको हो । प्रसिद्ध फुटबल क्लब बार्सिलोनासमेत उसैको पैसाले चल्थ्यो । विश्वका नामुद बहुराष्ट्रिय निगम कतारमा छन् । पछिल्लो भूराजनीतिक घटनाले भने कतारमाथि नराम्ररी प्रहार गरेको छ । 

खाडी मुलुक कतारविरुद्ध साउदी अरबसहितका छिमेकी देशले गरेको नाकाबन्दीलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ । खाडी क्षेत्रको तनाव गत वर्षको जुन ५ बाट सुरु भएको थियो । साउदी अरबको नेतृत्वमा कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट र युनाइटेट अरब इमिरेटस् (युएइ)ले साथ दिएका छन् । उनीहरुले सोही समयमै कतारसँगको सवै कूटनीतिक सम्वन्ध टुटेको बताएका थिए । कतारले ‘आतङ्कबाद’लाई सहयोग पु¥याएको र इरानसँग नजिकिएकोले नाकाबन्दी लगाएका मुलुकले कतारलाई आरोप लगाएका छन् । तर कतारले भने उनीहरुको आरोप अस्विकार र खण्डन गर्दै आइरहेको छ । 

कतारविरुद्ध नाकाबन्दी लगाएका देशहरुले कतारसँगको स्थल र जल नाका अहिलेसम्म पनि बन्द नै गरेका छन् भने हवाई सेवा टुटाएका छन् । साथै कतारका नागरिकलाई आफ्नो देशबाट निकाला पनि गरेका छन् । साउदी अरबले कतारको अलजजीरा टेलिभिजन च्यानलको रियाद व्युरो कार्यालय पनि बन्द गरिदिएको छ । नाकाबन्दी लगाउने देशहरुले गत वर्षको जुन २२ मा साउदी अरबको नेतृत्वमा कतारलाई १३ बुँदे माग तथा सर्त पुरा गर्न दवाव दिएपनि कतारले कुनै सर्त मान्य नहुने जवाफ पठाएको थियो । माग पूरा गर्न नसक्ने अडान कतारले लिएपछि उसमाथि आर्थिक तथा सबै किसीमको नाकाबन्दी गरिएको हो । विवाद समाधान नभइरहेका बेला गएको सेक्टेम्बर ८ मा कतारका राजाले साउदी अरबका युवराजसँग वार्ता गर्न चाहेको खवर पठाउनुभयो । तर सेक्टेम्बर ९ मा साउदी अरबले भने कतारसँग कुनै वार्ता नहुने जवाफ पठायो । राष्ट्रसंघसँग दुवै पक्षको उजुरी सन् २०१८ को अप्रिलमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका राजालाई भेटेर नाकाबन्दीका बारेमा समाधान निकाल्न आग्रह गर्नुभयो । नाकाबन्दीका बारेमा संयुक्त राष्ट्रसंघमा पनि छलफल भयो भने राष्ट्रसंघले पनि कूटनीतिक समाधानका लागि दुवै पक्षलाई आह्वान ग¥यो । तर पनि समाधान ननिस्कलेपछि विश्वलाई नै तताएको नाकाबन्दीको विषय अहिले सेलाएको छ । नाकाबन्दी भने जारी नै छ । 

कतार एक्लिएपनि नझुकेकाले यसको समाधान हुने सम्भावना देखिएको छैन । बरु मध्यपूर्वमा भूराजनीतिक सन्तुलन बिग्रँदै जाँदा इरानले कतारलाई खाद्य सामग्री पठाइदिने लगायतका सहयोग गर्दै आएको छ । नाकाबन्दी सुरु हुनुभन्दा अगाडिसम्म कतार यूएई र बहराइनसँग दूग्धजन्य पदार्थका लागि ८५ प्रतिशत निर्भर रहेकोमा अव उल्टै निर्यात गर्ने मुलुक बन्न लागेको छ । 

यस खाडी मुलुकमा प्रयोग हुने सागसब्जी सबै युरोपेलीलगायत मुलुकबाट आयात हुने गरेकोमा कतारजस्तो मरुभूमिमा पनि पर्याप्त खेतीपाती सम्भव छ भन्ने पुष्टी गर्दै देशको आवश्यकताको ९० प्रतिशत आफै उत्पादन गर्न थालिसकेको छ । कतारका ग्रिनहाउसमा गोलभेँडा, लसुन, प्याजलगायत तरकारी पर्याप्त फल्न थालेका छन् भने मेवा उत्पादनले राम्रो परिणाम दिएको छ । आफ्नो लागि आवश्यक सामग्री आफँै उत्पादन गर्ने रणनीति आक्रामकरुपमा अघि बढाएकाले निकट भविष्यमै कतारलाई भोजनमा आत्मनिर्भर बनाइसक्ने कतारीको अठोट छ । 

कतारका व्यावसायिक कृषक आगामी तीनदेखि पाँच वर्षमा मुलुकलाई तरकारी र डेरीजन्य उत्पादनमा आत्मनिर्भर बनाउन लागिपरेका छन् । तर, उखु र मकै फलाउन भने अझै सम्भव देखिएको छैन । उत्पादित सामग्री भण्डारण गर्न सरकारले एक स्थानीय कम्पनीलाई ठूला गोदाम निर्माणको ठेक्का दिइसकेको छ । 

त्यस्ता गोदाममा ३० लाख जनसंख्यालाई दुई वर्षसम्म पुग्ने सामग्री भण्डारण गर्न सकिनेछ । नाकाबन्दी कायमै रह्यो र विश्वकपको २२औँ संस्करण कतारमै हुनेभयो भने सन् २०२२ मा विश्वकप खेल्न र हेर्न कतार आउने मानिसले स्थानीय उत्पादन नै उपभोग गर्न पाउने छन् । 
–जीवन भण्डारी/ रासस

hAMROPATRO BELOW NEWS
TATA Below
असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x