×

NMB BANK
NIC ASIA

सामरिक महत्त्वको सेसेल्सले दियो भारतलाई ठूलै झड्का

असार ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ असार – हिन्द महासागरमा रहेको मुलुक सेसेल्सले आफ्नो अजम्प्सन टापुमा जलसेना अड्डा बनाउने भारतको प्रस्ताव अस्वीकार गरिदिएको छ । सेसेल्सको यो कदम भारतको कूटनीतिक प्रयासको असफलताका रूपमा हेरिएको छ । 

सेसेल्सका राष्ट्रपति ड्यानी फोरे असार ११ गते भारत भ्रमणमा आउँदैछन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग अजम्प्सन टापुका विषयमा कुनै चर्चा नगर्ने उनले प्रस्ट पारिसकेका छन् । 

यसबाहेक रुससँग मिलेर नेक्स्ट जेनेरेसन फाइटर एयरक्राफ्ट विकसित गर्ने भारतको नौ अर्ब डलर डील पनि असफल भएको समाचार आएको छ । 

सेसेल्सले सैन्य अड्डा बनाउन नदिएपछि चीनलाई काउन्टर दिनका लागि अघि बढेको भारतले डिफेन्स क्षेत्रमा ब्याकफूटमा जानुपरेको छ । 

सेसेल्सका राष्ट्रपतिले उक्त परियोजनाको सबै उद्देश्य समाप्त भइसकेको र अर्को वर्ष आफ्नै लगानीमा यो सैन्य अड्डा बनाउने घोषणा गरेका छन् । 

भारतका विदेशसचिव विजय गोखलेले हालै सेसेल्सको भिक्टोरिया गएर यो डील कायम राख्ने प्रयास गरेका थिए तर असफल भए । भारत र सेसेल्सबीच सन् २०१५ मा सैन्य अड्डाको सम्झौता भएको थियो । मोदी उक्त देशको भ्रमणमा
जाँदा भएको सम्झौतालाई बचाउन भारतले भरमग्दूर प्रयास गरेको भएपनि सकेन । 

सेसेल्सको मिडिया रिपोर्टअनुसार, सरकारले यो सम्झौता तोडिनुमा विपक्षी नेता भारतीय मूलका रामकलावनलाई दोषी ठह–याएको छ । उनले भारत भ्रमणमा सम्झौतालाई स्वीकृति दिएका थिए तर पछि अडान पल्टिए । यो सम्झौता
विपक्षीको मञ्जूरीविना पास हुन सक्दैन । 

भारतले सेसेल्ससँग अर्को सम्झौता गर्ने प्रयास गरिरहेको छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x