×

NMB BANK
NIC ASIA

आँखा स्वास्थ्य र सुरक्षा सम्बन्धी सार्क सम्मेलन काठमाडौंमा हुने

असार ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ असार – आँखा स्वास्थ्य र सुरक्षा सम्बन्धी सार्क स्तरीय सम्मेलन आगामी असार ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ ।

Muktinath Bank

सार्क एकडेमी अफ अफ्थाल्मोलोजी र नेपाल अफ्थाल्मिक सोसाइटीले संयुक्त आयोजनमा हुने सम्मेलनमा राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनलाई ‘१४ औं द्वैवार्षिक सार्क एकडेमी अफ अफथालमोलजी सम्मेलन २०१८’ नामाकरण गरिएको छ । सम्मेलनमा सार्क देश लगायत अमेरिका, बेलायत, रसिया, सेनेगल, जापान, क्यानडा, जर्मनी, चीन, सिंगापुर, दक्षिण कोरिया, ताइवान, इथियोपिया, घाना लगायत देशका आँखा चिकित्सकको सहभागिता रहने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै आयोजकले सम्मेलनबारे जानकारी दिएको हो । सम्मेलनको मुख्य उद्देश्य सार्क अन्तर्गतका देशमा देखिएका आँखा स्वास्थ्य सम्बन्धी समस्या र समाधानको लागि नयाँ प्रविधिबाट गर्न सकिने रोकथाम, उपचार र निर्मुलीकरण विषयमा छलफल गर्नु रहेको आयोजक समितिका अध्यक्ष प्रा. डा. सुमन थापाले बताए । उनका अनुसार सार्कका देश भौगोलिक, आर्थिक, वातावरणीय हिसाबले पनि प्रायः एकै हुनाले आँखाको समस्या एकै खालको देखिने गरेको छ ।


Advertisment
Nabil box
Kumari

सम्मेलनमा विश्वका विभिन्न देशबाट आएका नेत्र चिकित्सक, मध्यमस्तरीय आँखा स्वास्थ्यकर्मीद्वारा आँखा स्वास्थ्य सम्बन्धी अनुसन्धान, नयाँ प्रविधिको आविष्कार, दुर्लभ रोग, अन्धोपन न्यूनिकरण, उपचार र निर्मुल गर्ने विषयमा अनुभव आदानप्रदान गरिने छ । सम्मेलनको साइन्टीफिक कमिटीका सचिव डा. इली प्रधानका अनुसार आँखा स्वास्थ्यसँगै शिक्षा, आर्थिक, सामाजिक र भौगोलिक विकटता रहेको देशमा सर्वसुलभ ढंगबाट बिरामीलाई आँखाको उपचार विधि अपनाउने विषयमा पनि बृहत छलफल हुनेछ । 

Vianet communication
Laxmi Bank

सम्मेलनमा २४ बढी देशका आँखा स्वास्थ्य क्षेत्रको प्रमुख नेतृत्वकर्ता, वैज्ञानिक, अनुसन्धानकर्ता, शल्यचिकित्सक, सामान्य नेत्र विशेषज्ञ, आवासीय चिकित्सक, अस्पताल प्रशासन प्रमुख लगायतको सहभागी रहने आयोजक समितिका सचिव प्रा. डा. सविना श्रेष्ठले बताइन् । उनका अनुसार ६ सय जनाको सहभागिता रहने सम्मेलनमा आँखाका विभिन्न विधा बाल आँखा रोग तथा डेढो आँखा, आँखाको नानी, मोतीबिन्दु, सर्जरी, आँखाको नशा, आँखाको पर्दा, जलबिन्दु, आँखाको प्लास्टिक, अस्पताल प्रशासन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिने छन् ।

हरेक २ वर्षमा गरिने सम्मेलन हालसम्म नेपालमा २ पटक सन् १९९१ र सन् १९९९ मा काठमाडौंमा सम्पन्न भएको थियो भने तेस्रो पटक काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x