×

NMB BANK
NIC ASIA

कर्णालीमा उदेकलाग्दो जात्रा : राजपत्रको महत्त्वपूर्ण सूचना ३ महिनापछि पुग्यो संसदमा

असार ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ३ असार – कर्णाली प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिएको सम्बन्धी राजपत्रमा प्रकाशित सूचना ३ महिनाभन्दा बढी समयपछि प्रदेश सभामा पुगेको छ ।

Muktinath Bank

प्रदेश सभाको २०७४ फागुन १२ गतेको बैठकले ६ नम्बर प्रदेशलाई ‘कर्णाली प्रदेश’ र राजधानी ‘वीरेन्द्रनगर, सुर्खेत’ तोक्ने सर्वसम्मत निर्णय गरेको थियो । प्रदेश सभाको निर्णयलाई २ दिनपछि अर्थात् फागुन १४ गते राजपत्रमा प्रकाशित गरिएको भनिएपनि प्रदेश सभाले त्यसबारे आज मात्रै जानकारी पाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राजपत्रमा सूचना प्रकाशित भएकोबारे आज जानकारी पायौं, त्यसै आधारमा प्रदेशसभा सदस्यलाई पनि जानकारी गराइएको छ,’ प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलले भने ।


Advertisment
Nabil box
Kumari
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले फागुन १४ गते प्रकाशित भएको सूचना आज असार ३ गते पाउनु १७ औं शताब्दीजस्तो भएको टिप्पणी गरे ।

प्रदेश सभामा वितरण गरिएको राजपत्रमा प्रकाशित सूचनामा प्रकाशित मिति २०७४ फागुन १४ गते उल्लेख गरिएको छ । प्रदेश सभाले गरेको निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्रै कार्यान्वयन हुने प्रावधान रहेका कारण ६ नम्बर प्रदेशको नाम कर्णाली प्रदेश भनेर आधिकारिक प्रयोगमा आउने गरेको थिएन । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकाशित गरेको भएपनि संसदलाई ढिला जानकारी गराएको भन्दै प्रदेशसभा सदस्यले आक्रोश प्रकट गरेका छन् ।

Vianet communication
Laxmi Bank

प्रदेश सभाबाट कर्णाली प्रदेश नामाकरण भइसकेपछि पनि सरकारी कामकाजमा ६ नम्बर प्रदेश नै प्रयोग हुने गरेकोप्रति पटक–पटक आवाज उठ्ने गरेको थियो । राजपत्रमा सूचना प्रकाशित नभएको भन्दै सरकारी अधिकारीले तर्क गर्ने गरेका थिए । तर, आज वितरण गरिएको सूचना फागुन १४ गते नै राजपत्रमा प्रकाशित भइसकेको देखाइएको छ । प्रदेशका नगरपालिका, प्रदेश प्रहरी तथा अन्य सरकारी निकायमा हालसम्म पनि ६ नम्बर प्रदेश नै उल्लेख गरिएको छ ।

नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का सचेतक गुलावजंग शाहले यति ढिलो सूचना प्रदेश सभालाई दिनु गलत भएको बताए । ‘फागुन १४ गते राजपत्रमा प्रकाशित भएको हो भने तत्कालै संसदलाई जानकारी दिइनुपर्ने थियो । यो गलत भएको छ,’ उनले भने । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले फागुन १४ गते प्रकाशित भएको सूचना आज असार ३ गते पाउनु १७ औं शताब्दीजस्तो भएको टिप्पणी गरे । ‘सरकारले हरेक काममा ढिलासुस्ती गर्छ,’ उनले भने ।

फागुन १४ गते नै सूचना राजपत्रमा प्रकाशित भएको भए जेठ ६ गते गृह मन्त्रालयद्वारा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा ‘६ नम्बर प्रदेश’ लेखिनु शंकास्पद भएको उनले प्रतिक्रिया दिए । ढिलासुस्तीबारे बुझ्न खोज्दा आन्तरिक मामिला तथा कानून मन्त्रीको फोन उनका सचिवले उठाएर जानकारी नभएको बताए ।

मन्त्रालयका निमित्त सचिव गुरुप्रसाद रेग्मीले उपसचिव भक्तबहादुर कार्कीलाई सम्पर्क गर्न आग्रह गरे भने कार्की आफू दैलेख भएको र ठ्याक्कै मिति थाहा नभएको प्रष्ट्याए । मन्त्रालयका शाखा अधिकृत हितप्रसाद अधिकारीले यसबारेमा आफूलाई मिति थाहा नभएको प्रतिक्रिया दिए ।

काठमाडौंमा छापियो कर्णालीको राजपत्र !

कर्णाली प्रदेशको राजपत्रको सूचना काठमाडौंको सिंहदरबारमा छापिएको छ । राजपत्रको सूचना पुछारमा ‘मुद्रण विभाग, सिंहदरबार काठमाडौंद्वारा मुद्रित’ भनेर उल्लेख गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x