×

NMB BANK
NIC ASIA

संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा प्रस्तुत

असार ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ३ असार– संघीय संसद्को आज (अाइतवार) को संयुक्त बैठकमा संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ प्रस्तुत भएको छ । 

संघीय संसद्को आजको बैठकमा प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेलले सो प्रतिवेदन प्रस्तुत गरेका थिए । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिको आह्वानमा आज संघीय संसद्को संयुक्त बैठक बसेको हो । 

मस्यौदा नियमावलीमा राष्ट्रपतिबाट संविधानको धारा ९५ बमोजिम संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आह्वान गरेमा महासचिवले बैठकको मिति, समय र स्थानको जानकारी सदनलाई दिइने उल्लेख छ । संयुक्त बैठकको कार्यसूची सभामुखको निर्देशनअनुसार महासचिवले तय गरी एक दिनअघि सदस्य र संसदीय दलको कार्यालयलाई उपलब्ध गराइनेछ । 

बैठकको अध्यक्षता प्रतिनिधिसभाका सभामुखले गर्नु हुनेछ । संयुक्त बैठकमा राष्ट्रियसभाले पारित गरेको तर प्रतिनिधिसभाले अस्वीकार गरेका विधेयकको हकमा सोसम्बन्धी सन्देशको विवरण र प्रतिनिधिसभाले संशोधनसहित राष्ट्रियसभामा फिर्ता पठाएको तर राष्ट्रियसभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको विधेयकको हकमा त्यस्ता सन्देशको विवरण सदस्यलाई कम्तीमा एक दिन अगावै उपलब्ध गराइनेछ । 

संयुक्त बैठकमा संघीय संसद्का सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले दस्तखत गरी जनमत संग्रहका माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी महासचिवलाई प्रस्तावको सूचना दिन सक्नेछन् । 

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका तीन गरी १५ सदस्य रहने व्यवस्था मस्यौदामा गरिएको छ । समितिले प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदको नियुक्तिका लागि प्रस्ताव गरिएका नामका सम्बन्धमा सुनुवाइ हुनेछ । 

प्रतिनिधिसभा नियमावली मस्यौदाका लागि सांसद् पोखरेल र राष्ट्रियसभा नियमावली मस्यौदाका लागि सांसद परशुराम मेघी गुरुङको संयोजकत्वमा अलगअलग समिति गठन भएका थिए । सम्बन्धित संसद्मा ती समितिले प्रस्तुत गरेका प्रतिवेदन पारित भइसकेका छन् । 

संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ माथि यही असार ८ गते ४ बजे बस्ने संघीय संसद्मा छलफल हुनेछ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x