×

NMB BANK
NIC ASIA

मकाउमा नेपालीले ‘आत्महत्या प्रयास’ गरेपछि गैरकानूनी धन्दाको पर्दाफास !

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ असार - कामका लागि मकाउ पुगेका ईश्वर थिङले आत्महत्या प्रयास गरेपछि संगठित मानवतस्करी धन्दाको पर्दाफास भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

ईश्वर एजेन्ट विशाल थपलियालाई १२ लाख बुझाएर मकाउ पुगेका थिए । उनलाई एनआरएनए मकाउका कोषाध्यक्ष तथा स्थानीय एजेन्टको सहयोगमा मलेसिया झिकाइएको थियो । थिङले मकाउ पुगेको एक महिनामै आफ्नो घाँटी रेटेर आत्महत्या गर्ने प्रयास गरेपछि स्थानीय ‘सान्तोष’ अस्पतालमा उपचारका लागि लागिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१२ लाख रुपैयाँ तिरेर मकाउ पुगेका थिङलाई एजेन्ट विशाल थपलिया र एनआरएनए मकाउका उपाध्यक्ष युवराज न्यौपानेले काम लगाइदिन वास्ता गरेनन् ।  बारम्बार बेवास्ता गरेपछि थिङले आत्महत्याको प्रयास गरेका थिए ।


Advertisment
Nabil box
Kumari

मकाउमा स्थानीय एजेन्ट र कम्पनीको मिलेमतोमा नेपालबाट मोटो रकम असुल गरी लैजाने र पछि पीडा दिएर निकाल्ने गरिएको छ ।

Vianet communication
Laxmi Bank

नेपालबाट मकाउ पठाउने काम विशाल थपलिया र रघु पूरीले मिलेर गर्दै आइरहेका छन् । बत्तीसपुतलीमा पुरीका ‘रिभर ओभरसिज’ र ‘डी वान म्यानपावर’ नामका दुईवटा म्यानपावर कम्पनी छन् । ती मध्ये डी वानबाट थपलियाले गैरकानूनी रूपमा मलेसिया पठाउने गरेको रहस्य खुलेको हो ।  

तर थपलिया भने आफूले गैरकानुनी काम गरेको स्वीकार गर्न तयार छैनन् । घाइते अवस्थामा उपचार भइरहेका थिङको पूर्ण रूपमा उपचार भएपछि नेपाल ल्याएर परिवारको जिम्मा लगाउने तयारीमा आफूहरू रहेको थपलियाले बताए। यसक्रममा उनको उपचार खर्च कम्पनीले व्योहोर्ने र उनको मकाउ जाँदा लागेको सबै खर्च कम्पनीले फिर्ता गर्ने गृहकार्यमा आफूहरू लागेको पनि बताए। 

नेपाल सरकारबाट व्यक्तिगत श्रम स्वीकृति लिएर नै थिङ मकाउ गएको थपलियाले प्रस्ट पारे । आफूहरुले अरु कम्पनीले भन्दा झण्डै आधा कम शुल्कमै थिङलाई मकाउ पठाएको उनको जीकिर छ।

सुरक्षा गार्डमा अरु देशमा भन्दा राम्रो आम्दानी हुने भएपछि मकाउ धेरैको रोजाइमा पर्दै आएको उनले बताए। 

मकाउमा उपचार गरिरहेका थिङले आफ्नो आत्महत्याको प्रयासमा कसैलाई दोष नदिने भनेर पत्रमा लेखेको थपलियाले बताए। पत्र लेख्दै गर्दाको थिङको तस्वीर समेत बाहिर आएको छ । तस्विरमा उनको घाँटीको चोटमा व्यान्डेज गरिएको देखिएको छ। अस्पतालमा प्रहरीबाहेक कसैलाई नभेटेका थिङले सामाजिक सञ्जालमार्फत् पत्र आफूहरुलाई पठाएको थपलियाले बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x