×

NMB BANK
NIC ASIA

बलियो बेल्जियमविरुद्ध पाको डेब्यू टीम पानामा : कसले मार्ला बाजी ?

असार ४, २०७५

NTC
Sarbottam
तस्वीर : फिफा
Premier Steels
Marvel

काठमाडौं, ४ असार - फिफा वरीयतामा तेस्रो स्थानमा रहेको बेल्जियमले सोमबार विश्वकपको नयाँ टोली पानामासँग खेल्दैछ ।

Muktinath Bank

'समूह जी' अन्तर्गतको यो खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे शुरु हुनेछ । फिफा वरीयतामा ५५औं स्थानमा रहेको पानामासँग बेल्जियमले अहिलेसम्म खेलेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलियो बेल्जियम


Advertisment
Nabil box
Kumari

बेल्जियम रुस विश्वकपमा उपाधिको दाबेदारमध्ये एक टीम हो । इडेन हजार्ड, केभिन डी ब्रुएन, रोमेलु लुकाकु, भिन्सेन्ट कोम्पानी, थिबाउट कोर्टियोसजस्ता स्टार खेलाडीको जमघट यो टीममा छ ।

Vianet communication
Laxmi Bank

यद्यपि बेल्जियमको विश्वकप यात्रा भने सफल रहन सकेको छैन ।

विश्वकपमा बेल्जियमको सबैभन्दा ठूलो सफलता सन् १९८६ मा सेमीफाइनल पुग्नु हो । सन् २०१४ मा उसले क्वार्टरफाइलनसम्मको यात्रा तय गर्‍यो ।

यसबाहेक प्राय: सबै सहभागितामा बेल्जियम ग्रुप स्टेज र राउण्ड अफ १६ मै सीमित बन्ने गरेको छ ।

आजको खेलमा स्ट्राइकर बत्सुयी र डिफेन्डर कोम्पानीले खेल्नेमा शंका छ । यद्यपि यसको त्यति ठूलो असर पर्ने देखिँदैन ।

लुकाकु टीममा रहँदासम्म बत्सुयीको अभाव खड्किँदैन भने कोम्पानी बेञ्चमा रहे पनि टोटनह्याम हट्सपरका प्रभावशाली डिफेन्डरद्वय आल्डेरियारेल्ड, भर्तोङहेन रक्षापंक्तिको नेतृत्व गर्न सक्षम छन् ।

प्रशिक्षक रोबर्टो मार्टिनेजसँग क्षमतावान खेलाडी र प्रभावशाली टीम छ । यी खेलाडीहरूलाई मनोवैज्ञानिक रूपमा चुस्त राख्नु नै मार्टिनेजका लागि चुनौती रहनेछ ।

अमेरिकालाई जिल्ल पार्दै विश्वकपमा पानामा

पानामा रुस विश्वकपमा कमजोर मध्येको एक टीम हो । उत्तर अमेरिकी तथा क्यारेबीयन छनोटमा अमेरिकालाई जिल्ल पार्दै पानामाले विश्वकपमा स्थान पक्का गरेको थियो ।

क्वालिफायरअन्तर्गत कोस्टारिकासँगको खेलमा २-१ ले विजयी हुँदै पानामाले विश्वकपमा स्थान पक्का गरेको हो । उसका लागि रोमन टोरेस र ग्याब्रियल टोरेसले गोल गरेका थिए ।

८८औं मिनेटमा रोमनले गरेको गोल पानामालाई विश्वकपमा पुर्‍याउन निर्णायक बन्यो ।

सोही राउण्डमा ट्रिनिडाड एण्ड टोबागोसँग पराजित भएपछि उत्तर अमेरिकी पावर हाउस अमेरिका विश्वकपमा स्थान बनाउन असफल रह्यो ।

अमेरिकाले विश्वकप खेल्ने गरेकै कोटामा पानामाले आफूलाई सुरक्षित गरेको थियो ।

विश्वकपको पूर्वसन्ध्यामा पानामाका स्टार खेलाडी रिकार्डो क्विन्टेरो इञ्जुरीका कारण टीमबाट बाहिरिएका छन् ।

ग्याब्रियल टोरेस र बल्स पेरेजमध्ये एक खेलाडीले अग्रपंक्ति सम्हाल्नेछन् ।

१९९८ मा जमैकाले जापानलाई आफ्नो पहिलो खेलमा २-१ ले पराजित गरेयता यस कन्टिनेन्टका कुनै पनि टीमले डेब्यू खेलमा जित दर्ता गर्न सकेका छैनन् । आफ्नो क्षेत्रबाट विश्वकपमा डेब्यू गर्ने पानामा ११औं टोली हो ।

यसअघि सन् २००६ मा ट्रिनिडाड एण्ड टोबागोले विश्वकपमा डेब्यू गरेको थियो ।

पानामा विश्वकपमा सबैभन्दा बढी पाका खेलाडीहरूको टीम हो । यस टीमको औसत उमेर २९.६ वर्ष छ ।

प्रशिक्षक हर्नान गोमेज भने विश्वकपका अनुभवी प्रशिक्षक हुन् । उनले सन् १९९८ मा कोलम्बिया र २००२ मा इक्वेडरको टीम सम्हालिसकेका छन् ।

सम्भावित टीम :

कसले जित्ला ?

यो खेल बेल्जियमले जित्ने सम्भावना प्रबल छ ।

यद्यपि जारी विश्वकपमा तुलनात्मक रूपमा कमजोर मानिएका टोलीले उपाधिको दाबेदार भनिएका टीमहरूलाई पराजित गरिरहेकाले पानामाले पनि त्यही मनोविज्ञानलाई आफ्नो पक्षमा सदुपयोग गर्नसक्ने सम्भावना पनि रहन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x