×

NMB BANK
NIC ASIA

ओलीलाई गृहमन्त्रीको साथ अन्तिमसम्म, अर्थमन्त्रीको आधा बाटो मात्र !

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ असार–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका दुई हस्ती गृह र अर्थमन्त्रीको राष्ट्रिय सभा सदस्यको कार्यकाल टुंगो लागेको छ । सरकारका दुई महत्त्वपूर्ण मन्त्रालयको जिम्मा राष्ट्रिय सभाका सदस्यले पाएका छन् ।

Muktinath Bank

गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य रामबहादुर थापाको कार्यकाल ६ वर्ष हुने भएको छ । बीचमा फेरबदल नभएमा बादलले ओलीलाई पूरै ५ वर्ष साथ दिनेछन् । ओली सरकारको कार्यकाल सकिएको एक बर्षपछिसम्म उनी सांसद रहिरहने छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बादल वर्तमान मन्त्रीमण्डलमा राम्रो काम गर्दै चर्चामा रहेका छन् । उनले सम्हालेको गृह मन्त्रालयले यातायात सिन्डिकेट अन्त्य, सुन तस्करी, कामचोर ठेकेदारमाथिको कारवाही, ठग मेनपावरविरुद्धको अभियान नै चलाएका कारण वादलले वाहवाही कमाएका छन् । 


Advertisment
Nabil box
Kumari

आफैंले थुतेको चिठ्ठामा अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल भने २ वर्षमै सिमित रहने भएको छ । दोहोरो अंकको आर्थिक वृद्धिमार्फत देशमा समृद्धिको जग बसाल्न भन्दै ओलीले खतिवडालाई अर्थ मन्त्रालयको जिम्मा दिएका थिए । 

Vianet communication
Laxmi Bank

पुनः निर्वाचित भएमा मात्र खतिवडा ओली सरकारको कार्यकाल भरी अर्थमन्त्री बन्न पाउने छन् । संघीय संसदको पहिलो बैठक बसेको मितिले राष्ट्रिय सभाको कार्यकाल तय हुनेछ । 

संघीय संसदको पहिलो बैठक २०७४ साल फागुन २१ गते बसेको थियो । २ बर्षे कार्यकालको चिठ्ठा परेका सदस्यको कार्यकाल २०७६ साल फागुनसम्म हुनेछ । 

खतिवडा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित कोटामा राष्ट्रिय सभाको सदस्य बनेका थिए । प्रधानमन्त्री ओलीले चाहेको खण्डमा उनी फेरि पनि सिफारिशमा परेर राष्ट्रिय सभा सदस्य बन्न सक्ने छन् । 

तर खडिवडाले ल्याएको बजेटको बिषयमा सत्तारुढ दलकै सांसदहरु सन्तुष्ट देखिएका छैनन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि खतिवडाको बजेटबाट असन्तुष्ट रहेका छन् । नेकपाको स्थायी समिति बैठकमै प्रचण्डले बजेटप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।  

अर्थमन्त्रीको रुपमा खतिवडालाई निरन्तरदा नदिने निर्णय भएमा उनले आफैं रोजेको दुई बर्षे कार्यकाल नै सदर हुनेछ । उसोत खतिवडाले आफूले ल्याएको बजेटले दुई बर्षसम्म आलोचना खेप्नु पर्ने र दुई बर्षपछि प्रशंशा कमाउने बताएका थिए । 

राष्ट्रियसभामा अभागी कांग्रेस

राष्ट्रिय सभाको गोलाप्रथामा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु ‘अभागी’ देखिएका छन् ।

नेपाली कांग्रेसका १३ जना राष्ट्रियसभा सदस्य मध्ये चार जनाले मात्र पुरा कार्यकाल (६ वर्ष) हुने भएको छ । कांग्रेसका १३ मध्ये सात जनाको पदावधि २ वर्षको मात्र हुने भएको हो । 


यो पनि पढ्नुस्, 

गोलाप्रथामा गजबको संयोग : गृहमन्त्रीको लोकप्रियता र अर्थमन्त्रीको आलोचना प्रतिबिम्बित !

अर्थमन्त्री खतिवडा दुई वर्षमा ‘आउट’ !

‘भगवान भरोसा’मा गृहमन्त्री र अर्थमन्त्रीको पद !

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x