×

NMB BANK
NIC ASIA

कानून मन्त्रीले स्वीकारे राजपत्र प्रकाशनको ढिलाइ, गोपनियताका लागि काठमाडौंमा छापेको दावी

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ४ असार – कर्णाली प्रदेशको राजपत्रको सूचना ३ महिनापछि प्रदेशसभा सचिवालयमा पुगेको समाचार लोकान्तरमा प्रकाशित भएपछि आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले त्यसको बचाउ गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नयाँ संरचना र व्यवस्थापनमा ढिलाइ भएका कारण राजपत्र प्रकाशन गर्न ढिलो भएको उनले बताएका छन् । ‘हामी त उतिबेलै प्रकाशित गर्न चाहन्थ्यौं,’ मन्त्री भण्डारीले भने, ‘तर, विविध कारणले यस्तो हुन गएको हो ।’ उनले राजपत्रमा ‘अतिरिक्तांक’ उल्लेख गरेको बताउँदै त्यसो गर्दा फागुन १४ गतेकै मितिमा प्रकाशित भएको मान्ने प्रचलन रहेको दावी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोपनियता भंग हुन सक्ने सम्भावनाका कारण काठमाडौंमा छाप्न लगाइएको उनले बताए । ‘काठमाडौंमा छाप्दा गोपनियता कायम हुने देख्यौं,’ उनले भने । मन्त्री भण्डारीले अब कर्णालीमा नै मुद्रण विभाग बनाई सरकारी कागजात वीरेन्द्रनगरमै छाप्ने गरी मन्त्रालय अघि बढेको बताए । त्यसका लागि आर्थिक मन्त्रालयले आवश्यक बजेटको समेत व्यवस्थापन गरिसकेको उनले लोकान्तरलाई बताए ।


Advertisment
Nabil box
Kumari

कर्णाली प्रदेश सभाको गत फागुन १२ गते बसेको बैठकले ६ नम्बर प्रदेशलाई ‘कर्णाली प्रदेश’ र राजधानी वीरेन्द्रनगर तोक्ने सर्वसम्मत निर्णय गरेको थियो । तर, सरकारको ढिलाइका कारण निर्णय पारित भएको ३ महिनापछि मात्रै आईतबार संसद सचिवालयले राजपत्र प्रकाशित भएको सूचना वितरण गरेको थियो । 

Vianet communication
Laxmi Bank

संसद सचिवालयले सांसदलाई राजपत्र बाँडिसकेपनि सरकारको आधिकारिक वेवसाइट कर्णाली डट जीओभी डट कममा अहिलेसम्म राजपत्रको सूचना सार्वजनिक गरिएको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x