×

NMB BANK
NIC ASIA

मेस्सी र रोनाल्डोबीच पेनाल्टी तुलना : प्रहार र गोल रोनाल्डोको बढी, मिस उस्तैउस्तै !

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिताअन्तर्गत आइसल्याण्डसँगको खेलमा प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न नसकेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

साथै मेस्सीलाई क्रिस्टियानो रोनाल्डोसँग जोडेर पनि तुलना भइरहेको छ । रोनाल्डोले अघिल्लो दिन स्पेनविरुद्ध ह्याट्रिक प्रहार गरेका थिए, जसमा एक पेनाल्टी गोल पनि सामेल थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्तमान पुस्ताका सर्वोत्कृष्ट यी दुई फूटबलरबीच प्राय: यस्तै तुलना हुनेगर्छ । सफलता र असफलता दुवैलाई जोडेर यी दुई स्टारबीच तुलना गर्ने गरिन्छ ।


Advertisment
Nabil box
Kumari

रोनाल्डोको ह्याट्रिक र मेस्सी पेनाल्टीमा असफल भएपछि कतिपयले मेस्सीलाई लक्षित गर्दै खिस्सी गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

यहाँ पेनाल्टी गोललाई लिएर रोनाल्डो र मेस्सीबीच तुलना गर्ने प्रयास गरिएको छ ।

मेस्सीले आफ्नो फूटबल करियरमा ८८ पटक पेनाल्टी प्रहार गरेका छन् । त्यसमध्ये ७१ प्रहार गोलमा परिणत भएको छ भने १७ प्रहार खेर गएको छ ।

उनले बार्सिलोनाका लागि ला लिगामा ५९ पेनाल्टी प्रहार गरेकोमा ४८ वटालाई गोलको दिशा दिएका छन् । ११ वटा पेनाल्टी मिस भएको छ ।

यस्तै बार्सिलोनाकै लागि च्याम्पियन्स लिगमा १४ पेनाल्टी प्रहार गरेकोमा ११ वटाले जाली चुमेको छ । ३ पटक प्रयास असफल भएको छ ।

मेस्सीले अर्जेन्टिनाका लागि १६ पटक पेनाल्टी प्रहार गरेका छन्, जसमा १२ वटा प्रहारले गोलको दिशा लिएको छ भने ४ वटा प्रहार खेर गएको छ ।

मेस्सीले आफ्नो करियरमा गरेका ५४७ गोलमध्ये ७१ गोल पेनाल्टीबाट सामेल छ । यो उनको समग्र गोलको १२.९७ प्रतिशत हो ।

उता रोनाल्डोले १ सय ११ पेनाल्टी प्रहार गरेकोमा ९३ वटालाई गोलको दिशा दिएका छन् । १८ वटा प्रहार खेर गएको छ ।

उनले म्यान्चेस्टर युनाइटेडका लागि प्रिमियर लिगमा १३ पेनाल्टी प्रहार गरेकोमा ११ वटालाई गोलको दिशा दिएका थिए भने २ वटा पेनाल्टी मिस भएको थियो ।

यस्तै लालिगामा रियल मड्रिडका लागि ७१ पेनाल्टी प्रहार गरेकोमा ६१ वटाले जाली चुमेको छ । १० वटा पेनाल्टी मिस भएको छ ।

च्याम्पियन्स लिगमा १६ मध्ये १४ वटा पेनाल्टीलाई गोलको दिशा दिएका रोनाल्डोले पोर्चुगलका लागि ११ पेनाल्टी प्रहार गर्दै ७ गोल गरेका छन् ।

रोनाल्डोले आफ्नो फूटबल करियरको ५८४ गोलमध्ये ९३ गोल पेनाल्टीबाट गरेका छन् । जुन समग्र गोलको १५.९२ प्रतिशत हो ।

पेनाल्टीमा को बढी प्रभावकारी ?

रोनाल्डोले १ सय ११ पेनाल्टी प्रहार गरेर ९३ वटालाई गोलमा परिणत गरेको अवस्थामा मेस्सीले ८८ पेनाल्टी प्रहार गर्दै ७१ गोल गरेका छन् ।

रोनाल्डोले १८ वटा पेनाल्टी खेर फाल्दा मेस्सी १७ वटा पेनाल्टीलाई गोलमा परिणत गर्न असफल भएका छन् । तर मेस्सीले भन्दा रोनाल्डोले बढी पेनाल्टी प्रहार गर्दै पेनाल्टीमा बढी नै गोल गरेकाले यसलाई प्रतिशतमा तुलना गर्नु उचित हुन्छ ।

रोनाल्डोले आफूले प्रहार गरेका ८३.७८ प्रतिशत पेनाल्टीलाई गोलमा परिणत गर्दा मेस्सीले ८०.६८ प्रतिशत पेनाल्टीलाई जाली चुमाएका छन् ।

यसरी हेर्दा पेनाल्टीमा रोनाल्डो मेस्सीभन्दा केही बढी प्रभावकारी देखिन्छन् । तर उनले मेस्सीभन्दा १ बढी पेनाल्टी मिस गरेका छन् ।

Goal.com

hAMROPATRO BELOW NEWS
TATA Below
असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

जेठ २४, २०७५

काठमाडौं, २४ जेठ - फिफा विश्वकप फूटबल प्रतियोगिता यही जेठ ३१ गतेबाट रुसमा शुरु हुँदैछ । विश्वभरका करोडौं फूटबल समर्थक विश्वकपको प्रतिक्षामा छन् । आफूलाई मन पर्ने टोली र खेलाडीहरूको प्रदर्शनमा उनीहरूको नज...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x