कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं,४ असार– भारतको राजस्थान, लखनउ तथा उत्तर प्रदेशमा आएको आधीको असर नेपालमा पनि परेको छ ।
भारतका ती भूभागमा आएको आँधीले उडाएको धूलो नेपाली आकाशमा आइपुग्दा पहिलोपटक हिलोसहितको वर्षा भएको छ ।
शनिबार र आइतबार नेपालका विभिन्न भूभागमा धूलो मिसिएको हिलेवर्षा भयो । सोमबारबाट मौसममा बदली आएको छ ।
अब केही दिन वर्षा नहुने मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानी रोकिएपछि राजधानीसहित देशका विभिन्न स्थानमा धूलो उड्न थालेको छ । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी, सडक विस्तारका नाममा भत्काइएको संरचनाका कारण धूलो उड्ने गरेको भएपनि अहिले हिले वर्षाका कारण नभत्काइएका स्थानका सडकमा पनि धूलो उडेको छ ।
नेपालको वायुमण्डलमा भारतबाट आएको धूलोका कणहरु अझै बाँकी रहेको मौषमविद् बरुण पौडेलले बताए ।
हिले वर्षापछि धूलोमा परिणत भएका कणहरुमा हानिकारक पदार्थ, रासायनिक पदार्थ, जीवाणु आदिसमेत हुने भएकोले विशेष सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
हिले वर्षाका कारण उड्ने धूलोमा स्वास्थ्यका लागि हानिकारक कणहरु हुनसक्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समीरले बताए ।
भारतबाट आएको धूलोका कणमा मरुभूमिको बालुवा, धूलोका कण तथा क्यान्सर गराउने तत्व समेत हुनसक्ने उनको भनाइ छ ।
‘भारतबाट नेपालको विभिन्न भागमा बाक्लो हिले वर्षा भयो, अहिले वर्षा रोकिएको छ, पानी नपरेसँगै त्यो हिले वर्षा धूलोकै रुपमा परिणत भएर हावामा मिसिएको छ,’ डा.रवीन्द्रले लोकान्तरसँग भने, ‘धूलोमा रहेको हानिकारक कणहरुलाई हाम्रो नाकले छान्न सक्दैन, जसले हाम्रो शरीरलाई तत्कालिन र दिर्घकालिन असरहरु गर्छ, त्यसैले धूलोबाट सकेसम्म बच्नुपर्छ ।’
डा. रवीन्द्रका अनुसार धूलो कारण यस्तो असर पर्छ
तत्कालिन असर
आँखामा एलर्जी हुने
रुगा लाग्ने,
झाडापखला हुने,
जण्डिस तथा टाइफाइट हुने
दिर्घकालिन असर
श्वासप्रश्वासमा समस्या देखिन्छ
निमोनिया हुन्छ
क्यान्सर हुनसक्छ
गर्भवति महिलाबाट जन्मने शिशूमा जन्मजात रोगहरु देखिन सक्छ
भारतबाट आएको धूलोका कणहरु अझैपनि नेपालको वायुमण्डलमा रहेको मौषम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
अहिले घाम लागेपनि नेपालको वायुमण्डल सफा देखिएको छैन । धूलो उडिरहेको ठाउँमा निस्कदा विभिन्न रोगको खतरा हुने भएकाले सकेसम्म बाहिर ननिस्कनु उपयुक्त हुने डा. समीर बताउँछन् ।
‘अहिलेको धूलोमा निस्कदा स्वास्थ्यलाई तत्काल र दिर्घकालिन रुपमा असर पुर्याउन सक्छ, त्यसैले सकेसम्म धूलोमा ननिस्कदा नै उपयुक्त हुन्छ,’ उनले भने, ‘बाहिर निस्कनु परेका हाम्रोशरीर र स्वास्थ्यमा ध्यान दिएर सुरक्षित भएर निस्कनुपर्छ ।’
धुलोबाट बच्न यस्तो गर्नुस्,
गुणस्तरको मास्क लगाउने ।
आँखा पुरै छोपिने चस्मा लगाउने ।
शरीर पुरै छोपिने खालका कपडा लगाउने ।
कान नपर्दा सकेसम्म बाहिर ननिस्कने ।
बाहिर वा कामबाट घरमा फर्किएपछि हातखुट्टा राम्रोसँग सरसफाइ गर्ने ।
सकेसम्म घरमै बनाएको खाना खाने । बालबालिका, बृद्धबृद्धा, बिरामी तथा श्वासप्रश्वासका बिरामीलाई बिशेष ख्याल गर्ने ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...