×

NMB BANK
NIC ASIA

संसदमा प्रधानमन्त्री ओली– ‘चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन दिन्नौं’

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ असार –प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि शुरु हुने आफ्नो चीन भ्रमणका क्रममा मुलुकको वृहत्तर हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर छलफल गर्ने बताउनुभएको छ ।

Muktinath Bank

नेपालले चीनको संवेनशीलता राम्रोसँग बुझेको भन्दै उहाँले चीनविरुद्धका कुनैपनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गरेर गर्न नदिने स्पष्ट पार्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार प्रतिनिधि सभाको बैठकमा आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सरकार एक चीन नीतिमा दृढ रहेको बताउनुभएको हो । 


Advertisment
Nabil box
Kumari

‘भ्रमणको अवसरमा दुईपक्षबीच गरिने छलफल, मुलुकको वृहत्तर हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यानमा राखेर गरिने छ,’ ओलीले संसदमा भन्नुभयो, ‘हामीले चीनका संवेदनशीलतालाई बुझेका छौँ, एक चीन नीतिमा हामी दृढ छौँ र चीनविरुद्धका कुनै पनि गतिविधि नेपालको भूमि प्रयोग गरेर गर्न दिँदैनौ ।’

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले भूकम्पछि चीनसँगको केरुङ नाका मात्र चलेकोमा यसपटक केही नाका सञ्चालनको सहमति हुने सम्भावना रहेको बताउनुभयो । ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तामा नेपाल र चीनका सम्बन्धहरूलाई सुदृढ गर्ने भनेर राख्ने उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री ओलीले राष्ट्रिय प्राथमिकतामा रहेको विकासको एजेन्डा नै भएको स्मरण गर्दै सहयोग, सहकार्य र संयुक्त लगानीको कुरा कसरी गर्न सकिन्छ भन्नेबारे छलफल हुने बताउनुभयो । 

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ६ दिने भ्रमणका लागि ओली भोलि बिहान चीन प्रस्थान गर्ने कार्यक्रम छ । 

ओलीले चीन नेपालको समस्यारहित मित्रता रहेको मुलुक रहेको र जसले आफू धेरै विकसित नभएको अवस्थामा पनि राम्रो सहयोग गरेको बताउनुभयो । 

‘हामीलाई राम्रो के छ भने दुवैतर्फ ठूलो जनसंख्या भएका ठूलो देश छ, राम्रो व्यवहार गर्न सके ठूलो बजार प्राप्त गर्न सक्छौँ,’ ओलीले भन्नुभयो, ‘क्रयशक्ति सुदृढ भएको देश, सहयोगी भावना भएको देशमा जाँदैछु ।’ 

ओलीले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा चीनको भ्रमणका अवसरमा गरेका केही दूरगामी महत्त्वका सन्धि सम्झौता र समझदारीबारे पनि उल्लेख गर्नुभयो ।

‘तिनीहरूले गौरवपूर्ण इतिहासको मससुस मात्र होइन, भोलिको यात्रालाई पनि संकेत गर्छन्,’ ओलीले भन्नुभयो । 

‘यसपटक भ्रमणमा ती सम्झौताहरूको सम्बन्धमा थप छलफल गर्छौं, हाम्रा प्राथमिकता र दृष्टिकोण राख्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x