×

NMB BANK
NIC ASIA

संघीयतामा स्वास्थ्यको संरचना : प्रदेशमा विभाग, ३५ जिल्लामा प्रदेश कार्यालय

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं,  ४ असार– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संरचनाअनुसार आफू मातहत हुने प्रदेश तथा स्थानीय तहका निकायको ढाँचा तयार पारेको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा रहने संरचनाबारे ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन’ तयार पारेको हो । 

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रतिवेदनअनुसार प्रदेश तहमा सामाजिक विकास मन्त्रालयको मातहतमा संचालन हुने गरी प्रदेश स्वास्थ्य विभाग, प्रदेश स्वास्थ्य कार्यालय र कर्मचारीहरुको संगठानात्मक संरचना तयार पारेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य मन्त्रालयले तयार पारेको संरचना आइतवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रस्तावअनुसार प्रदेश स्वास्थ्य विभाग भित्र स्वास्थ्यसँग सम्बन्धित ९ वटा शाखाहरु रहनेछन् ।  

Vianet communication
Laxmi Bank

जसमा नीति, योजना तथा  कार्यक्रम समन्वय शाखा, अनुगमन मुल्याङ्कन तथा नियमन शाखा, चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा, स्वास्थ्य सूचना तथा जनसंख्या व्यवस्थापन शाखा, खरिद तथा आपूर्ति व्यवस्थापन शाखा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा, प्रशासन शाखा, स्वास्थ्य प्रवद्र्धन तथा तालिम शाखा र नर्सिङ सेवा व्यवस्थापन शाखा रहने प्रस्ताव गरिएको छ ।

मन्त्रालयले तयार पारेको प्रस्तावित संरचना स्वीकृत भएमा साविकका ५ क्षेत्रिय स्वास्थ्य निर्देशनालयहरु, स्वास्थ्य तालिम केन्द्रहरु, मेडीकल स्टोहरु र उपक्षेत्रीय स्वास्थ्य तालिम केन्द्रको संरचना खारेज हुनेछन् । ती संरचनालाई प्रदेशमा रहने प्रदेश स्वास्थ्य विभाग मातहत समायोजन गरिने छ । 

स्वास्थ्य मन्त्रालयले प्रास्तव गरेको प्रतिवेदनमा ७ प्रदेशमा ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था समेत गरिएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रस्तावित संरचनाअनुसार प्रदेश नम्बर १, ५ र ६ (कर्णाली)मा ६–६ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने छन् । यस्तै प्रदेश नम्बर ३ र ४ मा ५–५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहनेछन् भने प्रदेश नम्बर ७ मा ४ वटा प्रदेश स्वास्थ्य कार्यलय रहने प्रस्ताव गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले प्रदेश स्वास्थ्य कार्यलय रहने जिल्लाहरुको नाम र ती कार्यलयको कार्यक्षेत्रका जिल्लाहरुको नाम पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।

स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको प्रतिवेदन संघीय मन्त्रिपरिषद् बैठकले पारित गरेमा कार्यान्वयनमा आउने छ । यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत हुने कामहरु अब बन्ने प्रदेश स्वास्थ्य कार्यालयले सञ्चालन गर्नेछन् । 

मन्त्रालयले प्रदेशका स्वास्थ्य विभाग र प्रदेश स्वास्थ्य कार्यालयहरुका लागि कर्मचारीहरु सांगठनिक संरचना समेत तयार पारेको छ । जसमा प्रदेश स्वास्थ्य विभागमा स्वास्थ्य सेवा ऐनअन्तर्गत भर्ना भएका अधिकृत दशौं र नवौं तहका कर्मचारीहरु प्रशासनिक प्रमुख रहनेछन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x