×

NMB BANK
NIC ASIA

उर्जामन्त्रीले बनाए विपद्मा २४ घण्टै खटिने समिति, क्षति न्यूनिकरण प्रमुख जिम्मेवारी

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ असार – उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ले प्राकृतिक प्रकोप तथा विपद्का बेला २४ घण्टै खटिने गरी मन्त्रालय स्तरीय विपद् व्यवस्थापन समन्वय समिति गठन गरेका छन् ।

Muktinath Bank

विपद्का बेला जनधनको क्षति न्यूनिकरण र पूर्वाधारको आपतकालीन संरक्षण गर्ने उद्देश्यले मन्त्रालय स्तरीय समिति गठन गरिएको हो । मन्त्रालयका जलस्रोत हेर्ने सहसचिवको नेतृत्वमा हुने समितिमा सबै विभागका प्रमुखहरू सदस्य रहने निर्णय गरिएको मन्त्रीका प्रेस संयोजक रोशन खड्काले बताए । उनका अनुसार समितिले आपतकालीन सूचना संकलन, प्रत्यक्ष निगरानी र आवश्यक निर्देशन तथा व्यवस्थापनको काम गर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले विपद् व्यवस्थापनसँग सम्बन्धित केन्द्रीय निकायसँग समन्वय र सूचना आदानप्रदान गर्ने, जोखिमको पूर्वतयारी र प्रचारप्रसारका लागि सञ्चारमाध्यमसँग समन्वय गर्ने, प्रदेश, स्थानीय तह र जिल्ला स्तरमा सतर्कता अपनाउन समन्वय गर्ने, संवेदनशील स्थानको पहिचान गरी क्षति रोक्न निर्देशन दिने, बाढीबाट हुने असर कम गर्न स्रोतसाधनसहित तयारी रहन सम्बन्धित निकायका समन्वय गर्ने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

‘बित्तीय स्रोत उपलब्ध गराउन अर्थ मन्त्रालयमा अनुरोधसहित सिफारिस गर्ने निर्णय गरिएको छ,’ प्रेस संयोजक खड्काले भने, ‘मन्त्रालय स्तरीय विपद् व्यवस्थापन समन्वय समितिको विस्तृत काम, कर्तव्य र अधिकार तथा कार्यसञ्चालन निर्देशिका सचिव स्तरीय निर्णयबाट लागू गरिने निर्णय भएको छ ।’ विपद्को बेला मन्त्रालय मातहतका संरचना र सर्वसाधारणको जनधनमा हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्न भन्दै मनसुन शुरू हुनुअघि नै मन्त्री पुनले सक्रियता देखाएका छन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x