×

NMB BANK
NIC ASIA

उपेन्द्र देवकोटा : न्युरो सर्जरीका ‘शिखर पुरुष’देखि स्वास्थ्य मन्त्रीसम्म

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ असार – लामो समयदेखि उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको ६३ वर्षको उमेरमा निधन भएको छ । 

Muktinath Bank

पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ काठमाडौंको बासवारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले डा. देवकोटाको साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. उपेन्द्र देवकोटा चर्चित न्युरो सर्जन हुन् । उनले वीर अस्पताल र न्युरो  हस्पितलमा कार्यरत रहेर ३० वर्षको अवधिमा १८ हजार जनाको शल्यक्रिया गरेका छन् भने १० लाख बिरामीलाई जाँचेका छन् । उनले वीर अस्पतालमा २५ वर्ष सेवा गरे । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका देवकोटा काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलका सञ्चालक हुन् ।


Advertisment
Nabil box
Kumari

विक्रम सम्वत् २०११ सालमा जन्मिएर गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्र पढाइमा समेत अब्बल थिए । बुबा होमनाथले कविराज भएर बिरामीको सेवा गरेको देख्दा उपेन्द्रमा डाक्टर बन्ने सपना पलाएको थियो । भलिबल खेल, वादविवाद, वक्तृत्वकलाका मञ्च र निबन्ध प्रतियोगितामा सधैं प्रथम हुने देवकोटा सामान्य ज्ञानमा समेत राम्रो जानकारी राख्थे । विद्यालय शिक्षा अध्ययनकै क्रममा उनले गाउँमा सामाजिक गतिविधिमा संलग्न हुँदै धारा, बाटोघाटो निर्माण, सरसफाई, जुवातास नियन्त्रण लगायतका अभियान चलाउँथें ।

Vianet communication
Laxmi Bank

विद्यालय शिक्षा अध्ययन सकेर उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरे । आइएस्सीमा उनको बायोलोजीमा १ नम्बरले डिस्टिङ्सन पुगेन । त्यसअघि, बायोलोजीमा कसैले पनि फस्ट डिभिजन अंक ल्याउन सकेका थिएनन् । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारतको आसाम मेडिकल कलेजबाट एमबीबीएस गरे । भारतबाट फर्केर उनले १ वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिस्टेन्टको पढाउने काम गरे ।

क्याम्पसमा पढाउँदै गर्दा उनी लोकसेवा पास भएर वीर अस्पतालमा खटिए । मेडिकल अफिसरको रुपमा वीरको सर्जरी विभागमा कार्यरत रहँदा २ वर्षमै उनी सर्जरी विभागको रजिस्ट्रार बने । ५ वर्षपछि उनी न्युरोसर्जरी पढ्न बेलायत गए । चिकित्सा शास्त्रमै सबैभन्दा जटिल विधा न्युरो सर्जरीको तालिम अवधि नसकिँदै पास गरेका कारण उनलाई बेलायतीले पनि सम्मान गर्यो । पढाइपछि तालिमका करीब ६ वर्ष उनले सिटी स्क्यान आविष्कारमा नोबेल पुरस्कार प्राप्त संस्थामा समेत काम गरे ।

उनले एमबीबीएस सकेपछि सन् १९८६ मा डा. मधु दीक्षितसँग विवाह गरे । उनका ३ छोरी छन् । बेलायतको अनुभवले खारिएपछि डा. देवकोटाले नेपालकै मेडिकल सेवालाई मजबुत बनाउने प्रतिक्षा गरे । स्वदेश फर्किएपछि उनकै नेतृत्वमा वीरमा सन् १९८९ मा न्युरो सर्जरी विभाग बन्यो । नेपाल फर्किएपछि उनले पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया गरे । 

नेपालमा न्युरो सर्जरीको विकास गर्न सकिने भनेर उनले देखेको सपना पूरा भएको दिन थियो त्यो । उनले वीर अस्पतालमै लगातार २२ घण्टा लामो शल्यक्रिया समेत गरे  । १० वर्षपछि उनकै अनुवाइमा सन् १९९९ मा नेपालमा सार्क क्षेत्रको न्युरो सर्जिकल सम्मेलन भयो । सम्मेलनमा सहभागी हुन संसारभरबाट ३ सय न्युरो सर्जन नेपाल आएका थिए । 

वीर अस्पतालको सरकारी सेवामा उनले २५ वर्ष काम गरे । यसबीचमा उनी ७ महिना स्वास्थ्यमन्त्री भए । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा स्वास्थ्यमन्त्री भएका कारण उनलाई राजावादीको आरोप समेत लाग्छ । तर, देवकोटा राजाका लागि नभएर जनताको सेवा गर्न मन्त्री भएको बताउँथे । स्वास्थ्यमन्त्री हुँदा उनले अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) गठन गरेका थिए ।

बाँसबासीमा न्युरो अस्पताल एवं तालिम केन्द्र स्थापनाको सपना समेत उनले पूरा गरे । न्युरो अस्पताललाई उपचार, अनुसन्धान, पुनस्र्थापना र तालिम सबै विधाको केन्द्र बनाउने उनको सोच थियो । नेपालमा न्युरोसर्जरीको क्षेत्रमा भएको विकासको शिखर पुरुषका रुपमा डा. देवकोटालाई लिन सकिन्छ । उनी आफ्नो पुस्ताकै चर्चित र सफल न्युरो सर्जन हुन् । आफैंले स्थापना गरेको अस्पतालमा गत बैशाखदेखि उपचाररत डा. देवकोटाको आज साँझ निधन भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x