डा. उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली दिँदै गर्दा भक्कानिए नेता, सहकर्मीदेखि शुभचिन्तक [फोटोफिचर]

असार ५, २०७५

काठमाडौं, ५ असार -

सोमबार निधन भएका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली दिन विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वदेखि सहकर्मी र शुभचिन्तकहरूको भीड लागेको छ ।


ADVERTISEMENT

अन्तिम श्रद्धाञ्जलीका लागि डा. देवकोटाको पार्थिव शरीर न्यूरो अस्पताल परिसर बाँसबारीमा राखिएको छ । उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि प्रधान सेनापतिसम्मले देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

देवकोटालाई श्रद्धाञ्जली दिँदै गर्दा उनका  सहपाठीसमेत रहेका पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई भावुक बनेका थिए ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका देवकोटाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिँउसो १ बजेसम्म अस्पताल परिसरमै राखिने छ ।

हेर्नुहोस्, डा. देवकोटालाई श्रद्धाञ्जली दिँदै गर्दाका केही तस्वीर :

असार ५, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस