मंसिर २९, २०८०
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
असार ५, २०७५
काठमाडौं, ५ असार – संघीय निजामति सेवामा अब खरदार पदमा आवश्यक पर्ने कर्मचारी खुला प्रतिस्पर्धाबाट भर्ना नहुने भएको छ ।
प्रस्तावित संघीय निजामति सेवा ऐनमा खरदार पदमा खुला प्रतिस्पर्धा हटाइएको छ ।
निजामति सेवामा प्रवेशका लागि अब सबैभन्दा तल्लो तह श्रेणीविहीन (कार्यालय सहयोगी), राजपत्र अनङ्कित प्रथम श्रेणी (नासु) र राजपत्राङ्कित तृतिय श्रेणी (शाखा अधिकृत)मा मात्रै प्रतिस्पर्धा गर्न पाइने छ ।
यसअघि निजामति सेवा ऐन, २०४९ मा खरदार पदमा ७० प्रतिशत कर्मचारी खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने व्यवस्था थियो । अब भने संघीय सरकारलाई आवश्यक पर्ने खरदार पदमा आन्तरिक बढुवाबाट पूर्ति गरिने छ ।
प्रस्तावित संघीय निजामति सेवा ऐनमा खरदार पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा १० प्रतिशत र ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाबाट २० प्रतिशतका दरले पदपूर्ति गरिने छ ।
‘कार्यालय सहयोगीका रूपमा निजामति सेवामा भर्ना हुने कर्मचारीको बढुवा थप सहज होस् भन्ने उद्देश्यले खरदार पदमा खुला प्रतिस्पर्धाबाट पूर्ति नगर्ने नीति अपनाइएको हो,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले भने, ‘यद्यपि प्रदेश र स्थानीय तहले कानून बनाइसकेका छैनन् । प्रदेश र स्थानीय तहमा भने खरदार तहका कर्मचारी खुला प्रतिस्पर्धाबाट भर्ना हुन पनि सक्छन् ।’
सरकारी सेवा प्रवाहका हिसाबले स्थानीय तहले नागरिस्तरमा सम्बन्ध राख्नुपर्ने भएकाले सहायकस्तरका कर्मचारी बढी आवश्यक पर्ने अधिकारीको भनाइ छ ।
‘सरकारले प्रवाह गर्ने सेवा नागरिकस्तरसम्म पुर्याउन सहायकस्तरका कर्मचारी आवश्यक पर्छन्,’ अधिकारी भन्छन्, ‘सेवा प्रवाहका लागि स्थानीय तह नै बढी मात्रामा नागरिकको पहिलो पहुँचमा हुन्छन् ।’
संघीय सरकारले नीति तथा कार्यक्रम निर्माणमा बढी ध्यान दिनुपर्ने भएकाले कर्मचारी भर्नामा पनि सोहीअनुसार नीति अवलम्बन गरिने उनको भनाइ छ ।
७० प्रतिशत नासु खुला प्रतिस्पर्धाबाट
संघीय सरकारले अब विभिन्न कार्यलयमा आवश्यक पर्ने नायब सुब्बा (नासु) कर्मचारी भर्ना गर्दा खाली रहेका पदमध्ये ७० प्रतिशतमा खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने भएको छ । यसअघि नासुमा ४० प्रतिशत पदमा मात्रै खुला प्रतिस्पर्धाबाट पूर्ति हुन्थ्यो ।
निजामति सेवा ऐन, २०४९ अनुसार रिक्त रहेको नायव सुब्बा पदमा ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट, २० प्रतिशत कार्यक्षमताको मूल्याङ्कनका आधारमा हुने बढुवाबाट र ४० प्रतिशत जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाबाट पूर्ति हुने व्यवस्था थियो ।
प्रस्तावित संघीय निजामति सेवा ऐनमा नायव सुब्बाका लागि रिक्त पदमध्ये ७० प्रतिशतमा खुला प्रतिस्पर्धाबाट पूर्ति गरिनेछ भने २० प्रतिशत ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाबाट तथा १० प्रतिशत निजामति सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूबाट ज्येष्ठताका आधारमा हुने बढुवाबाट पूर्ति गरिने छ ।
सहसचिव र उपसचिवको खुला प्रतिस्पर्धा हट्यो
प्रस्तावित संघीय निजामति सेवा ऐनमा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा खुला प्रतिस्पधाबाट हुने पदपूर्तिको व्यवस्थाा हटाइएको छ ।
यसअघि सरकारलाई आवश्यक परेका सहसचिव र सचिवका लागि १० प्रतिशत पदमा खुला प्रतिस्पर्धाबाट लोकसेवा आयोगले दरखास्त आह्वान गरी पूर्ति गर्ने व्यवस्था थियो ।
यसअघि रिक्त रहेको सहसचिव र उपसचिव पदमा १० प्रतिशत खुला, ३५ प्रतिशत कार्यक्षमताको मूल्याङ्कनका आधारमा हुने बढुवा, २० प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवा र ३५ प्रतिशत जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाबाट पूर्ति गरिन्थ्यो ।
प्रस्तावित ऐनअनुसार भने रिक्त रहेको सहसचिव र उपसचिव पदमा २० प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट हुने बढुवा, ३५ प्रतिशत कार्य क्षमताको मूल्याङ्कनबाट हुने बढुवा, ३० प्रतिशत जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवा र १५ प्रतिशत निजामति सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूबाट ज्येष्ठताका आधारमा हुने बढुवाबाट पूर्ति गरिने छ ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...