चैत १९, २०७५
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं, ५ असार – भारत र रुसबीच लामो समयदेखि मैत्री सम्बन्ध छ । स्वतन्त्रतापछि रुसले भारतलाई आर्थिक र सामरिक सहायता पनि गरेको छ ।
भारतको फर्टिलाइजर उद्योगदेखि लिएर सेनाको ट्यांक र मिग वा सुखोई विमानसम्म सबैमा रुसको छाप छ । अहिले पनि भारतीइ हतियार उद्योग रुसमा मुख्यतया निर्भर छ ।
दुई मुलुकबीच घना सम्बन्ध रहँदा भारतीयहरू रुसमा गएर बसे ।
सन् १९९० मा भारतका स्यामी कोटवानी रुस पुग्दा त्यहाँ कठिन परिस्थिति थियो । मानिसहरू अन्तै जान खोजिरहेका थिए । सोभियत संघको पतन भएर नयाँ रुसको जन्म भइरहेको थियो । तर अर्थव्यवस्था ध्वस्त थियो ।
कोटवानीको कम्पनी युरोपभरि फैलिसकेको छ ।
स्यामी भन्छन्, ‘सोभियत संघमा हाम्रा व्यापारीहरूले थुप्रो पैसा कमाए अनि हिँडे । तर अब रुस पहिलेजस्तो पैसा कमाउन सकिने मुलुक रहेन । यहाँ व्यापार गर्न एकदम गाह्रो छ । तर तपाईं दीर्घकालीन रणनीति बनाएर आउनुभयो
भने यो जति राम्रो देश अर्को छैन ।’
कोटवानी जस्ता मानिसले रुसमा कडा मेहनत गरेर आफ्नो स्थान बनाएका छन् । आज उनको कम्पनीमा थुप्रै रुसीहरूले जागिर पाएका छन् ।
काशी विश्वनाथन रुसमा अध्ययनका लागि आएका थिए । अहिले उनीसँग पाँच ठूला रेस्टुराँ छन् र ती मस्कोदेखि सेन्ट पिटर्सबर्गसम्म फैलिएका छन् ।
काशीका अनुसार, ‘रुसमा भारतीयहरू त्यसो त थोरै मात्र छन् तर एकजुट भएर बसेका छन् । मेरो रेस्टुराँमा पनि धेरै रुसीहरू काम गर्छन् । हामीहरूको एउटा कोटा हुन्छ जसअन्तर्गत हामी हरेक वर्ष भारतबाट काम गर्न
आउनेहरूलाई भिसा दिलाएर यहाँ ल्याउँछौं ।’
तर रुसमा जम्मा १४ हजार भारतीय मात्र छन् । त्यसमा ५ हजार विद्यार्थीको संख्या कटाउने हो भने यो संख्या खासै ठूलो हैन ।
रुसमा बस्ने तमाम भारतीयहरूमा धेरैको विवाह रुसी नागरिकसँग भएको छ । यसले गर्दा उनीहरूले सजिलै गरी नागरिकता पाए । नत्र त रुसको नागरिकता पाउन एकदम गाह्रो छ ।
रुसमा बस्ने एक व्यापारीले भने, ‘रुसमा लगभग पाँच सय भारतीय व्यापारी अलग अलग शहरमा बस्छन् । तीमध्ये २०० त मस्कोमा मात्र छन् । विश्वास गर्नुस्, तीमध्ये आधीका रुसी पत्नी छन् ।’
धेरैजसो भारतीय रुसमा चियाकफी, औषधि, अनाज, मसला, छालाको सामान र कपडाको व्यापार गर्छन् ।
पछिल्ला केही वर्षमा हीरा र सुनचाँदीको व्यापारमा पनि भारतीयहरू देखिएका छन् तर युरोपका अन्य देशका तुलनामा यो संख्या कम छ ।
अहिलेको वास्तविकता के हो भने दुवै देशले मित्रता र आपसी सहयोगको कुरा गरेपवनि नयाँ नयाँ साथी छानेका छन् ।
विगत दुई दशकमा भारतीय अर्थव्यवस्था बढेको छ अनि देशले पश्चिमी मुलुकहरूमा रुचि बढाएको छ । रुसले पनि युरोपतर्फ हात बढाएको छ । त्यसैले गर्दा पनि होला, भारत र रुसबीत कमै व्यापार हुन्छ ।
उदाहरणका लागि, पछिल्ला पाँच वर्षमा भारत र रुसको कुल व्यापार सात अर्ब डलर मात्र थियो ।
अमेरिकासँगको व्यापारको तुलना गर्दा यो केही होइन । सन् २०१७ मा भारत र अमेरिकाबीच लगभग ६७ अर्ब डलरको व्यापार भएको थियो ।
मस्को र अन्य ठूला शहरहरूमा भारतीय कम्पनीहरूको व्यापारको खासै छाप देखिँदैन । बरू चिनियाँ कम्पनीहरूले त्यहाँ बलियो उपस्थिति जनाएका छन् ।
भारत र रुसबीचको सम्बन्ध शीतयुद्धकालको जस्तै हुन्छ भन्ने विषयमा भन्न गाह्रो छ ।
बीबीसी हिन्दीमा प्रकाशित नितिन श्रीवास्तवको रिपोर्ट
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...