×

NMB BANK
NIC ASIA

गाजामा १३ हजार घाइतेको सहायताका लागि संघर्ष गरिरहेछन् स्वास्थ्यकर्मी

असार ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ असार – अन्तर्राष्ट्रिय रेडक्रस समितिले आफ्ना स्वास्थ्यकर्मीहरू गाजामा लगभग १३ हजार घाइतेहरूको सहायताका लागि संघर्षरत रहेको बताएको छ । 

रेडक्रसका पश्चिम एसिया प्रमुख रोबर्ट मार्डिनीले गाजामा हालत अभूतपूर्व रूपमा गम्भीर रहेको बताए । घाइतेहरूमध्ये धेरैलाई गम्भीर चोट लागेको र धेरैजसोलाई कैयौंचाटि गोली लागेको उनले जानकारी दिए । 

रेडक्रस समितिको यो बयानअघि सोमवार गाजापट्टी र इजरायलको सीमामा एक प्यालेस्टाइनी नागरिकको मृत्यु भएको थियो । 

प्यालेस्टाइनी सूत्रहरूका अनुसार, उनलाई गोली हानिएको थियो । इजरायलले चाहिँ सुरक्षा घेरालाई नष्ट गर्ने कोशिश गर्दा भएको विस्फोटमा ती प्यालेस्टाइनीको मृत्यु भएको बताएको छ । 

यसअघि इजरायली सुरक्षाबलले गाजामा नौ ठाउँमा निशाना लगाएको थियो । इजरायलका अनुसार, प्यालेस्टाइनी नागरिक इजरायल क्षेत्रमा आगो लगाउनका लागि प्रज्वलनशील चंगा र बेलून उडाइरहेको र त्यसको जवाफमा आफूले
गोली चलाएको हो । 

गाजा र प्यालेस्टाइनको सीमामा अघिल्लो महिनादेखि तनाव र संघर्ष बढेको छ । हजारौंको संख्यामा प्यालेस्टाइनी इजरायलसँगको सीमामा विरोध प्रदर्शन गरिरहेका छन् । लगातार भइरहेको प्रदर्शनमा इजरायली सुरक्षाबलले लगातार गोली चलाइरहेका छन् । 

इजरायलले प्यालेस्टाइनी संगठन हमासले आफ्नो इलाकामा आक्रमण गराएको र यी विरोध प्रदर्शनहरू आयोजित गरेको आरोप लगाउने गरेको छ । 

दुई हप्ताअघि घाइतेहरूको सहायता गरिरहेकी २१ वर्षीया प्यालेस्टाइनी नर्स रजान अल–नजर इजरायली सुरक्षाबलको गोली लागेर मरेकी थिइन् र यसमा ठूलै विवाद भएको थियो । 

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x