×

NMB BANK
NIC ASIA

विश्वकपपछि रोनाल्डोले रियल मड्रिड छोड्ने इटालेली पत्रिकाको दाबी

असार ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ असार – इटालीको पत्रिका लिबेरोले सोमवार छापेको खबरअनुसार, रियल मड्रिड क्लबका सुपरस्टार रोनाल्डोले क्लब छोडेर म्यानचेस्टर युनाइटेड आउने सम्भावना छ । तर फ्रान्सको पेरिस सेन्ट–जर्मेनले पनि रोनाल्डोलाई भित्र्याउन खोजिरहेको छ । 

रियल मड्रिड क्लब र पोर्चुगलका सुपरस्टार फर्वार्डले क्लब छोडेर युनाइटेड जाने कुरा छाप्ने लिबेरो पत्रिका प्रायः फूटबलको गसिपहरू प्रकाशन गर्दैन । त्यसैले उसको खबर विश्वसनीय रहेको १०१ग्रेटगोल्स डट्कम अन्लाइन पोर्टलले लेख्यो । 

समाचारअनुसार, विश्वकप सकिएलगत्तै रोनाल्डो म्यानचेस्टर युनाइटेड जानेछन् । 

च्याम्पियन्स लीगको समापनकै बेलामा रोनाल्डोले मड्रिड छाड्ने हल्ला चलेको थियो । जुन ६ तारिखमा स्पेनी पत्रिका एल कन्फिडेन्यिालले मड्रिड छाड्ने रोनाल्डोको योजना सार्वजनिक गरेको थियो । उक्त पत्रिकाको पहिलो पृष्ठमै ‘रोनाल्डो रियल छाड्दैछन्’ भनी छापिएको थियो । 

रोनाल्डोले लियोनेल मेस्सीले जति नै पैसा पाउनुपर्ने माग राखेपछि मड्रिड चिढिएको बताइएको छ । मेस्सीले प्रत्येक सीजनमा पाँच करोड पचास लाख युरो पाउने गरेका छन् अनि रोनाल्डो पनि आफूलाई रियलले त्यो जति नै वा
त्यसभन्दा बढी रकम दिनुपर्ने माग राख्छन् । 

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डेसलाई पैसा बढाउने भने पनि अहिलेसम्म बढाएको छैन । अहिले रोनाल्डौ प्रतिसीजन दुई करोड १० लाख युरो कमाउँछन् । 

रोनाल्डो त रियलले आफूलाई टन्न पैसा तिरेर बरू चारजना खेलाडीलाई बेचे हुन्छ भनिरहेका छन्, स्पेनी खेलकुद वेबसाइट डियारियो गोलले सोमवार लेख्यो । उक्त वेबसाइटका अनुसार, ग्यारेथ बेल, थियो हर्नान्डेज, म्याटियो कोभासिच
र फ्रान्सिस्को सुआरेज अर्थात् इस्कोलाई रियलले निकाल्नुपर्ने रोनाल्डोको अडान छ । क्लबका नयाँ कोच जुलेन लोपेतेगुईको पनि यही धारणा छ । 

तर जुन महिनाको शुरूतिर रियलका पुराना प्रशिक्षक फाबियो कपेलोले रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किन मरिहत्ते गरिरहेको बताएका थिए । 

‘क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर फर्किन चाहन्छन्,’ बेलायतको एक्सप्रेस पत्रिकासँग कुरा गर्दै उनले भने, ‘मलाई लाग्छ, उनी युनाइटेडका लागि खेल्न चाहन्छन् र आफ्नै देशका मउरिन्होबाट प्रशिक्षण चाहन्छन् ।’

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x