×

NMB BANK
NIC ASIA

मेयर सा’पले ‘टेन्सन’ दिएपछि साल्ट ट्रेडिङका हाकिम अस्पताल भर्ना ! योजना अलपत्र

असार ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ५ असार – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो स्वामित्वको जग्गामा ‘मल्टी कम्प्लेक्स’ निर्माणको प्रक्रिया अगाडि बढाउँदा धनगढी उपमहानगरपालिकाका मेयरले ‘टेन्सन’ दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

ट्रेडिङको अञ्चल कार्यालय धनगढीको पुरानो संरचना भत्काएर मल्टी कम्प्लेक्स बनाउने प्रक्रिया अगाडि बढाएको हो । प्रारम्भिक चरणमा साल्ट ट्रेडिङले पुरानो भवनमा रहेका १८ सटर ३ महिनाभित्र खाली गर्न व्यापारीलाई पत्रचार गरेको छ । तर, व्यापारीले साल्ट ट्रेडिङको उक्त कदमको विरोधमा उत्रिएका छन् भने उपमहानगरपालिकाका मेयरले ब्यापारीलाई साथ दिइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्यापारीले सटर खाली गर्ने आशयको पत्र बुझ्न इन्कार गरेका छन् । धनगढी उपमहानगरपालिका–२ का वडा अध्यक्ष नरबहादुर बमले पनि पत्र नबुझेको र पछि हुलाकमार्फत् पत्राचार गरेको साल्ट ट्रेडिङ धनगढीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

यसैबीच, नचिनेका व्यापारीको समूहले प्रमुखसहित कार्यालयका कर्मचारीलाई अपशब्द प्रयोग गर्ने र विभिन्न खाले धम्की दिँदै आएको बताइएको छ । गत शुक्रबार कार्यकक्षमै गएर अपशब्द प्रयोग गर्दै सरुवा गराई दिने, परिवारमा अप्ठ्यारो पार्ने लगायत धम्की समेत दिएको साल्ट ट्रेडिङका अञ्चल सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डे बताए ।

Vianet communication
Laxmi Bank

सहायक महाप्रबन्धक पाण्डेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालयले जेठ १८ गते सटर खाली गराउन भनी अञ्चल कार्यालयलाई परिपत्र जारी गरेको छ । तर, सटर खाली गराउन पत्राचार गर्दा विरोध भइरहेको छ ।

धनगढी मेयरको दोहोरो चरित्र

धनगढीमा साल्ट ट्रेडिङको स्वामित्वमा १ विगाहा १६ कठ्ठा जमिन रहेको छ । मुख्य सडकमै पर्ने जग्गामा १८ सटर सहितको कार्यालय भवन छ । जुन भवन भूकम्प प्रतिरोधी नभएको र सडक क्षेत्रमै पर्ने भएकाले धनगढी उपमहानगरपालिका, सडक डिभिजन कार्यालय कञ्चनपुर, शहरी विकास तथा भवन निर्माण कार्यालयले तोकिएको दुरी र मापदण्ड बमोजिम भवन निर्माण गर्न सुझाएका छन् ।

धनगढी उपमहानगरपालिकाले २०७४ बैशाख १२ गते साल्ट ट्रेडिङ धनगढीलाई पत्राचार गरेको पत्र अनुसार धनगढी चौराहादेखि क्याम्पस रोडसम्मको सडक हुलाकी सडकमा पर्ने भनेको छ । सडकको मापदण्ड अनुसार सडकको केन्द्र बिन्दुबाट १५/१५ मिटर दाँयाबायाँ गरी ३० मिटर सडक कायम गर्नुपर्ने जनाएको छ । साथै, ‘सेट ब्याक डिस्टेन्स’ एकातर्फ ६ मिटर कायम गर्दा सडकको केन्द्र बिन्दुबाट २१ मिटरमा स्थायी संरचना निर्माण गर्न सो पत्रमा उल्लेख गरेको छ । पत्र अनुसार साल्ट ट्रेडिङको पुरानो भवन सडकको मापदण्ड विपरीत रहेको समेत पत्रमा उल्लेख गरिएको छ ।

तर, हाल धनगढी उपमहानगरपालिकाले दोहोरो चरित्र देखाएको साल्ट ट्रेडिङको दुखेसो छ । एकातिर उपमहानगरपालिकाले मापदण्ड विपरीत भवन भएको भन्दै भत्काउन पत्राचार गर्दै आएपनि अर्कोतिर व्यापारीको पक्षपोषण गरी नभत्काउन भन्दै दबाब दिएको सहायक महाप्रबन्धक पाण्डेले बताए । 

‘व्यापारीलाई पत्राचार गरिसकेपछि मेयर वड ज्यूले मलाई फोनमै भवनको पछाडि ‘मल्टी कम्प्लेक्स’ बनाए भै हाल्यो नि, तपाईलाई भाडा आइरहेकै छ नि, भन्दै सटर खाली नगर्न दबाब दिँदै आउनुभएको छ । तर, मैले साइट क्लीयर नभएसम्म नयाँ भवन कसरी बनाउने कुरा उहाँलाई भनेको हुँ,’ सहायक महाप्रबन्धक पाण्डेले भने, ‘उहाँको कुराले हामीलाई निकै हत्तोसाहित बनाएको छ । एकतिर उहाँहरू मापदण्ड विपरीत भन्दै भवन खाली गर्न पत्राचार गर्नुहुन्छ, अर्कोतिर हामीले बनाएको विकासको योजनामा भाँजो हाल्नुहुन्छ ।’

तर, धनगढी उपमहानगरपालिकाका मेयर वडले आफूले भवन निर्माणको काम शुरू नहुँदासम्म सटर नभत्काउन आग्रह मात्रै गरेको बताए । लामो समयदेखि व्यवसाय गर्दै आएकाको रोजीरोटी गुम्ने भन्दै भवन निर्माणको काम शुरू नहुँदासम्मको लागि नभत्काउन आग्रह गरेको उनले बताए । आफूले फोनमा भनेको कुरा सहायक महाप्रबन्धक पाण्डेले गलत बुझेको बताउँदै आफू पुरानो भवनको संरक्षणको पक्षमा नरहेको मेयर वडले बताए ।

सटरमा व्यवसाय गर्ने व्यापारीले मेयर वडलाई भेटेर भवन नभत्काउन लविङ गरेपछि मेयर वडले आफ्नै निर्णयको बर्खिलाप फोनमार्फत् सहायक महाप्रबन्धक पाण्डेलाई नभत्काउन दबाब दिएका हुन् ।

‘उसै पनि प्रेसर र सुगरको बिरामी, अनावश्यक मानसिक तनावले अस्पतालको वेडमा छु’

गत शुक्रबार व्यापारी र आफूबीच भएको टकराबको स्थितिले आफू मानसिक र पारिवारिक रुपमा विक्षिप्त भएको उनी बताउँछन् । ‘म उसै पनि प्रेसर र सुगरको बिरामी छु । उसैमाथि कहिले व्यापारी त कहिले मेयर वडको दबाबले मानसिक तनाव झेल्दै आएको छु । जुन कारणले आज अस्पतालको शैयासम्म पुर्यायो,’ धनगढीस्थित सिपी अस्पतालमा उपचाररत रहेका पाण्डेले भने, ‘यो जागिर पनि खानु न ओकल्नु भयो । मलाई मात्रै होइन मेरो परिवारलाई रुवायो ।’

सहायक महाप्रबन्धक पाण्डेले आफू अस्पतालबाट डिस्चार्ज भएलगत्तै कानूनी उपचारको बाटोमा लाग्ने बताएका छन् । साल्ट ट्रेडिङ व्यवस्थापन टीम विकासमा लागेको दाबी गर्दै उनले मल्टी कम्प्लेक्स निर्माण भए सयौं स्थानीयले रोजगारी पाउने र सरकारीको राजस्वमा बृद्धि हुने बताए । तर, हालको सटरले सीमित व्यापारीले मात्रै फाइदा लिएको उनको भनाई छ ।

पाण्डेकी श्रीमती मञ्जु पाण्डेले आफूहरूले असुरक्षाको महसुस गरेको बताइन् । श्रीमानको जागिरकै कारण पूरै परिवार प्रताडित भएको उनको दुखेसो थियो । मल्टी कम्प्लेक्सको लागि साल्ट ट्रेडिङले विस्तृत परियोजना सर्वे (डीपीआर) निर्माण प्रक्रियामा जुटेको छ । करीब ३० करोडको लागतमा मल्टी कम्प्लेक्स निर्माण हुने जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x