×

NMB BANK
NIC ASIA

दाना-खुर्कोट प्रसारण लाइन प्रभावितलाई चार करोड ६३ लाख मुआब्जा

असार ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी, ५ असार -दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका प्रभावितलाई रु चार करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटसम्ममा टावर रहने जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीब ३९ किलोमिटर दूरीको प्रसारण लाइनको ११४ वटा टावरबाट प्रभावित १७५ घरधुरीलाई रु सात करोड ८६ लाख मुआब्जा वितरण गर्नुपर्नेमा हालसम्म ९९ जनालाई रु चार करोड ६३ लाख वितरण गरिएको आयोजनाका लेखापाल गोविन्द सुवेदीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

ञम्याग्दी खण्डमा ४२ जनालाई रु दुई करोड ६० लाख र पर्वतका ५७ जनालाई रु एक करोड चार लाख मुआब्जा उपलब्ध गराएको छ । थप ७६ घरधुरीलाई रु तीन करोड २३ लाख मुआब्जा वितरण गर्न बाँकी छ । आयोजनाका अनुसार ९३ रोपनी जग्गा अधिग्रहण गरिनेछ । 

Vianet communication
Laxmi Bank

जग्गाधनी सम्पर्कमा नआउनु र वनको समस्याका कारण जग्गा अधिग्रहण तथा मुआब्जा वितरणमा समस्या भएको लेखापाल सुवेदीले बताए । बेनी र कुश्मास्थित जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरणको काम भइरहेको छ । 

सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित २०१६ मे ३० मा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग रु दुई अरब ९० करोडमा ठेक्का सम्झौता भएको थियो । हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाको प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुयाँलले बताए । 

म्याग्दी र मुस्ताङमा कालीगण्डकी र सहायक नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि दाना र कुश्मामा सबस्टेशनका साथै प्रसारण लाइन निर्माण हुन लागेको हो । एशियाली विकास बैंकको सहयोगमा विद्युत् प्राधिकरणले खुर्कोट हुँदै नवलपरासीको बर्दघाटसम्म दोस्रो चरणमा कालीगण्डकी करिडोर प्रसारण लाइन बनाउने तयारी गरेको छ । 

सबस्टेशनमा पूर्वाधार निर्माण, उपकरण खरिदका साथै प्रसारण लाइनको टावर बनाउने काम तीव्र गतिमा अघि बढेको फुयाँलले बताए । हालसम्म २७ वटा टावर निर्माण भइसकेको छ । सतसट्ठीवटा टावरको फाउण्डेशन खनिएको छ । तार तान्ने काम पनि शुरु गर्ने तयारी भएको छ । 

आयोजनाका प्रमुख चन्दनकुमार घोषले विद्युत् प्राधिकरणमार्फत सञ्चालित प्रसारण लाइन आयोजनामध्ये कालीगण्डकी करिडोरको खुर्कोट दानाखण्डको काम तीव्र रुपमा भइरहेको बताए । उक्त प्रसारण लाइनअन्तर्गत हाल नौवटा जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । प्रसारण लाइन र सबस्टेशनसँगै जलविद्युत् आयोजना निर्माणले तीव्रता पाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x