×

NMB BANK
NIC ASIA

चीन पुग्ने बित्तिकै प्रधानमन्त्री ओलीले देखे रेलमार्ग र नयाँ युगको सपना !

असार ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेइजिङ, ५ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग विगतमा भएको व्यापार तथा पारवहन सम्झौता अघि बढाउन नेपालले थप पहल गरिने बताएका छन् ।

Muktinath Bank

बेइजिङस्थित नेपाली दूतावासले आज आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘भूपरिवेष्ठित मुलुक नेपालका लागि यातायातको सहजतापछि व्यापार तथा पारवहनमा खर्च कटौती हुनाका साथै अन्तर्राष्ट्रिय व्यापारमा समेत बढोत्तरी हुन जानेछ ।’ नेपाल र चीनले आगामी दिनमा परस्पर विश्वास, मित्रता, समझदारी, सहकार्य र सहयोगका आधारमा शान्ति र समृद्धिका लागि साझा गन्तव्य तय गरी काम गर्ने विश्वास व्यक्त गर्दै उनले सन् २०१६ मा आफ्नो भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयनका लागि आफूहरूले थप पहल गरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीमापार रेलमार्गको विकासले नेपाललाई नयाँ युगमा परिणत गर्ने र २ देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । नेपाल र चीनबीच रेलमार्गका साथै सडकमार्ग, हवाई मार्ग, सञ्चार र ऊर्जाका क्षेत्रमा भएका समझदारी अगाडि बढ्नेमा आफू विश्वस्त रहेको दोहोर्याउँदै उनले भने, ‘प्रभावकारी सम्पर्क सञ्जालले नेपाललाई विश्व बजारको उत्पादन र वितरणका क्षेत्रमा प्रवेश गराउने छ । यसले क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारमा पनि महत्वपूर्ण आयाम प्रदान गर्नेछ ।’


Advertisment
Nabil box
Kumari

नेपाल र चीनबीचको बृहत् सम्पर्क सञ्जालले आफूहरूको अर्थतन्त्रको उत्पादन क्षमता र जनताका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास उनले व्यक्त गरे । प्रभावकारी सम्पर्क सञ्जाल विस्तार गरी नेपालले पर्यटन उद्योगमा अझै बढी फाइदा लिन सक्ने र चीनले सेवामूलक क्षेत्रमा लगानीको अवसरसमेत पाउने उनले उल्लेख गरे । 

Vianet communication
Laxmi Bank

उनले भने, ‘हामी आपसी सम्बन्धको नयाँ प्रस्थानविन्दुमा उभिएका छौं । हामीले सबैका लागि सुन्दर भविष्यको जग खडा गरेका छौं ।’ प्रधानमन्त्री ओलीलाई दूतावासमा नेपाली राजदूत लीलामणि पौड्यालले स्वागत गरेका थिए ।

समारोहमा त्यहाँस्थित नेपाली समुदायको समेत सहभागिता थियो । प्रधानमन्त्री ओली ६ दिने औपचारिक भ्रमणमा क्रममा आज बेइजिङ आइपुगेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x