×

NMB BANK
NIC ASIA

मुख्य समाचार : ओली र सीबीच भेटवार्ता आज, ७४ प्रतिशत जारको पानी दूषित

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ असार–चीन भ्रमणका रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ । चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्नुहुने छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सीले अघि सार्नुभएको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुग्नुभएको हो ।     बेइजिङस्थित नेपाली दूतावासले मंगलबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनसँग विगतमा भएको व्यापार तथा पारवहन सम्झौता अघि बढाउन नेपालले थप पहल गरेको बताउनुभएको छ ।

Vianet communication
Laxmi Bank

नेपाल र चीनबीच रेलमार्गका साथै सडकमार्ग, हवाई मार्ग, सञ्चार र ऊर्जाका क्षेत्रमा भएका समझदारी अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ । 

दुई राप्रपाबीच एकता प्रक्रिया शुरु 
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा प्रक्रिया शुरु भएको छ ।

दुई दलबीच वैचारिक र सैद्धान्तिक आधार संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हुनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । दुवै दलबाट गठित कार्यदलले मंगलबार पहिलो पटक गरेको छलफलमा गत दुई वर्ष अगाडि दुवै दलबीच एकता महाधिवेशन हुँदा ती विषय सर्वसम्मत रुपमा पारित भएका कारण त्यसलाई आधार बनाएर जान सुझाव दिइएको छ । 

वार्तामा एकताको स्वरुप कस्तो हुने, अध्यक्षात्मक तथा बहुपदीय स्वरुपमा संगठनलाई कसरी विकास गर्ने, शक्ति पृथक्कीकरणलगायत विषयमा छलफल भएको राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।

सरकारमाथि खनिए कांग्रेस नेताहरू
नेपाली कांग्रेसका शीर्ष नेताहरूले कम्युनिस्ट सरकार अधिनायकवादी शासनतर्फ उन्मुख भएको आरोप लगाएका छन् । मंगलबारदेखि मकवानपुरको हेटौंडामा शुरु भएको जिल्ला सभापतिहरूको भेलालाई सम्बोधन गर्दै कांग्रेसका शीर्ष नेताहरूले अदालतमा राजनीतिक हस्तक्षेप बढ्नु, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु, व्यापारीलाई धम्क्याउनेजस्ता क्रियाकलापले सरकार अधिनायकवादतर्फ उन्मुख भएको पुष्टि भएको टिप्पणी गरे ।

सभापति शेरबहादुर देउवाले एकपछि अर्को गर्दै केपी शर्मा ओली नेतृत्वको सरकार विदेशीसँग लम्पसार परेको र अराष्ट्रिय काममा लागेको आरोप लगाए । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र संसदीय दलका उपनेता विजयकुमार गच्छदारलगायतले भेलालाई सम्बोधन गरेका थिए ।

७४ प्रतिशत जारको पानी दूषित
सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले कलेज, स्कुल, होटल, सार्वजनिक स्थानमा राखिएका ५० ब्रान्डका पानीको अध्ययनरपरीक्षण गरेकोमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो ।

नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तका अनुसार ५० ब्रान्डका जारको पानीको नमुना परीक्षण गरिएकोमा कोलिफर्म ९२ प्रतिशत देखिएको छ ।

 
बजेटमा विपक्षी प्रदेशसभा सदस्यको असहमति
प्रदेश नं ५ को बजेट समावेशी र समानुपातिक नभएको प्रतिपक्षी कांग्रेसले आरोप लगाएको छ । मंगलबारको प्रदेशसभा बैठकमा कांग्रेसका प्रदेशसभा सदस्यले कर उत्पादन र नाफामा मात्रै लगाउनुपर्ने जिकिर गर्दै बजेटमा नीतिगत असहमति जनाएका हुन् ।

बैठक खुलाउन विपक्षी काँग्रेस सहमत भएपछि प्रदेशसभाको बैठक संचालन भएको थियो । 

नेकपामा पोलिटब्यूरोको व्यवस्था
नेपाल कम्युनिस्ट पार्टीको अन्तरिम विधानले पोलिटब्यूरोको व्यवस्था गरेको छ । अन्तरिम विधानको धारा १९ को उपधारा २ मा पोलिटब्यूरोको व्यवस्था गरिएको हो । पार्टीका महासचिव विष्णु पौडेल संयोजकत्वमा बनेको कार्यदलले तयार पारेको अन्तरिम विधानमा ‘स्थायी समिति सदस्यसहित केन्द्रीय कमिटीको कुल सदस्य संख्याको एकतिहाई पोलिटब्यूरो हुने’ उल्लेख छ ।

विधानमा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक महासचिव र एक प्रवक्तासहित ४४१ जनाको केन्द्रीय कमिटी व्यवस्था गरिएको छ । केन्द्रीय किमिटीको एक तिहाई पोलिटब्यूरो हुने व्यवस्थाबमोजिम नेकपाको पोलिब्यूरो १४७ जनाको हुने भएको छ ।

रेडियो, एफएम र टेलिभिजन विधेयक पारित
प्रदेश नं १ को प्रदेशसभा बैठकले रेडियो, एफएम र टेलिभिजन प्रसारणसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ ।

विधेयक पारित भएपछि अब नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सम्बन्ध वा विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सम्बन्धमा खलल पर्ने गरी कार्यक्रम प्रसारण गर्न रोक लगाइएको छ ।
विधेयकमा राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने जस्ता कार्यक्रम प्रसारण गरे रु १० हजारदेखि एक लाखसम्म जरिवाना गर्ने प्रावधान राखिएको छ । 

सरकार हाम्रो प्राथमिकता हाइनः राजपा
राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ । मंगलबार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने विषय पार्टीको प्राथमिकतामा नरहेको निष्कर्ष निकाल्दै संविधान संशोधन पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ । पार्टी समेत सहभागी रहेको प्रदेश २ को सरकारलाई प्रभावकारी बनाउन सक्दो पहल गर्ने निर्णय पनि गरिएको छ ।

भिएलएनका अध्यक्ष श्रेष्ठ धरौटी बुझाएर रिहा
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ १२ लाख धरौटी बुझाएर रिहा भएका छन् । 

स्वीकृति नलिई नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम उठाएको दाबी गरिए पनि अहिले नै कसुरदार ठहर गर्न नमिल्ने तर्क गर्दै जिल्ला अदालत ललितपुरका न्यायाधीश धनसिंह महराको एकल इजलासले उनलाई धरौटीमा छोड्ने आदेश गरेको हो ।

सवारी दुर्घटनामा पर्ने १६ देखि ३५ वर्षका धेरै 
काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये युवा नै बढी छन् ।  चालु आर्थिक वर्षको १० महिनामा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका १४९ जनामध्ये १७ देखि ३५ वर्षसम्मका ८० जना छन् । 

यस्तै १६ वर्षमुनिका १५ र ३६ वर्षभन्दा माथि उमेर समूहका ५४ जनाले ज्यान गुमाएका छन् ।  चालु आवमा उपत्यकामा पाँच हजार १८० सवारी दुर्घटनामा १४९ जनाको मृत्यु, १८४ सशक्त घाइते र तीन हजार ४८५ सामान्य घाइते भएका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले युवाहरुले तीव्र गतिमा सवारी चलाउने गरेकाले धेरै दुर्घटना भएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x