कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
असार ६, २०७५
जाजरकोट, ६ असार- यहाँको कुशे गाउँपालिका–६ भार्मस्थित दुर्गादेवी आधारभूत विद्यालयमा पढ्ने विद्यार्थी धुलोमा बसेर पढ्न बाध्य छन् ।
उनीहरू फर्निचर अभावमा भुइँमा बसेर पढाइ गर्न बाध्य भएका हुन् । विद्यालय रहेको स्थान कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र पनि हो । गाउँपालिकाको केन्द्र कायम भएपछि भार्म गाउँको परिचय बदलियो, तर विद्यालयजस्तो शिक्षण संस्थाको अवस्था परिवर्तन हुन सकेन ।
कार्यालय भवन, मोटरबाटो, खानेपानी, विद्युत्लगायत पूर्वाधार विकासको हिसाबले गाउँपालिका सदरमुकाम भार्मको परिचय बदल्न खोजिए पनि विद्यालयमा आधारभूत पूर्वाधार विकासमा बेवास्ता भएको स्थानीय वीरबहादुर विष्टले बताउनुभयो ।
४३ वर्षअघि स्थापना भएको विद्यालयको कक्षाकोठामा एउटा पनि फर्निचर छैन । कक्षाकोठा सफासमेत छैनन् “नवआगन्तुकलाई विद्यालय भैँसी गोठ हो कि कक्षाकोठा हो भनेर छुट्याउन गाह्रो पर्छ,” विष्टले भन्नुभयो । विद्यालय बत्तीमुनिको अँध्यारो बन्न पुगेको उहाँको भनाइ छ ।
बाल विकास केन्द्रदेखि ८ कक्षासम्मको पढाइ हुने विद्यालयमा भौतिक पूर्वाधारको अवस्था नाजुक रहेको प्रधानाध्यापक सुनरलाल चौधरीले बताउनुभयो । फर्निचरको व्यवस्थाका लागि शिक्षा समन्वय एकाइलगायत निकायलाई पटक–पटक सहयोग मागे पनि बेवास्ता भएको प्रधानाध्यापक चौधरीले जनाउनुभयो ।
विद्यालयमा इलेक्ट्रोनिक हाजिरी तथा ३०० वाट क्षमताको सोलार सेटका साथै कम्प्युटरको व्यवस्था छ । तर, कम्प्युटर उपयोगविहीन छ । सोलार भने विद्यालयका शिक्षक र स्थानीय अभिभावकलाई मोबाइल चार्ज गर्ने काममा मात्र सीमित छ ।
गाउँपालिकाले चालू आर्थिक वर्षको बजेटबाट विद्यालयमा इलेक्ट्रोनिक हाजिरी, कम्प्युटर र सोलारको व्यवस्था गरेको हो । विद्यालयमा २० जना बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकासहित १६९ विद्यार्थी छन् । कक्षाकोठामा बस्ने बेन्च तथा कार्पेटको व्यवस्था नहुँदा भुइँमा बसेर पढ्न बाध्य भएको विद्यार्थी हरि विष्टले बताउनुभयो ।
भुइँमा बस्दा चिसो लाग्ने, धुलोले कपडा छिट्टै फोहर हुनेलगायत समस्याले सताउने गरेको उहाँको भनाइ छ ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...