×

NMB BANK
NIC ASIA

व्यवस्थित बन्दै विराटनगर : हट्ने भए सडकमा लाग्ने हाटबजार

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, ६ असार– विराटनगरका मुख्य सडकहरू पुरै ढाकेर लाग्ने हाटबजार अब हटाइने भएको छ । विराटनगर महानगरपालिकाले साउन १ गतेदेखि लागु गर्ने गरी यो निर्णय कार्यान्वयनमा ल्याउन लागेको हो । 

Muktinath Bank

प्रदेश १ को अस्थायी राजधानी विराटनगरका सडक क्षेत्रमा लाग्ने हाटबजार व्यवस्थापन गर्न नसक्दा सडक अस्तव्यस्त हुँदै आएको छ । सातैदिन हरेक बार महानगरका कुनै न कुनै स्थानमा हाटबजार लाग्ने गरेको छ । 
हाटबजारमा खासगरी तरकारी, अन्न, हाँस, कुखुरा, माछा, मासु, खाद्यान्न, भाँडा, मेकअपका सामाग्री तथा कृषि जन्य उपजहरु बिक्री बितरणका लागि  राखिएका हुन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुल सडकदेखि सहायक सडकहरूमा लाग्ने साप्ताहिक हाटबजारले महानगरमा ट्राफिक जामको समस्या समेत थपेको छ । सडकमै लाग्दै आएको हाटबजारले महानगरको सौन्दर्य र वस्तीलाई समेत असर पारेको छ । 


Advertisment
Nabil box
Kumari

विराटनगरको गुद्रीस्थित तरकारी बजार वर्षौदेखि सडक नै ढाकिने गरी लाग्दै आएको छ । गुद्री हाटबजारबाट विराटनगर महानगरले वार्षिक १२ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गर्दै आएको छ । 
यो हाटबजार मात्र हैन विराटनगर महानगरपालिका भित्रमात्र डेढ दर्जन ठाउँमा हाटबजार लाग्दै आएको छ । 

Vianet communication
Laxmi Bank

यसरी हट्छ
सडक अतिक्रमण गरेर विराटनगरमा लाग्दै आएका हाटबजार आउँदो साउन १ देिख पूर्ण रुपले निषेध गरिने भएको छ । अव्यवस्थित रुपले लाग्ने हाटबजारले शहरको सौन्र्दयलाई असर पारेको महानगरको बुझाई छ । 

वर्षौदेखि लाग्दै आएका हाटबजार व्यवस्थापनका लागि महानगरले साउन १ गतेदेखि अभियानको रुपमा यो काम गर्न लागेको हो । महानगरपालिकाका मेयर भीम पराजुलीले सडक क्षेत्रमा लाग्दै आएको हाटबजारलाई विस्थापित गराउने नीतिगत निर्णय भैसकेकोले साउन १ गतेदेखि बन्द गरिने बताए ।

अहिले सडकमा यातायातका साधनलाई नै आवत जावतमा असर पार्ने गरी लगाइएको हाटबजार हटाउनको लागि केही निश्चीत मापदण्ड भने तय गरिने छ । त्यसका लागि नजिकैको खाली जग्गालाई प्रयोग गर्न सकिने महानगरले जनाएको छ । 

यस्तै महानगरले लिँदै आएको हाटबजार कर समेत नलिने निर्णय अबको परिषद गर्ने तयारी छ । कुनै व्यवसायीले तरकारीको व्यापार गर्नै पर्ने भए गुद्री बजारबाट खरिद गर्ने र भाडाका सटरमा बेच्न पाउने छन् । यसले गर्दा नगरको फोहरमैला व्यवस्थापनमा पनि केही सहज पुग्ने विस्वास गरिएको छ । 

हाटबजारको असर
साप्ताहिक हाटबजारले आवागमनमा समस्या पारेको, दुर्घटना बढदै गएको, हाटबजारबाट निस्केको फोहरले शहर नै दुर्गन्धित पारेको छ । दमकल, एमबुलेन्सजस्ता अत्यावश्यक सवारी साधनलाई समेत सडकमा लाग्ने हाटबजारले आवतजावतमा निक्कै ठूलो असर पार्दै आएको छ ।

तर, त्यसलाई व्यवस्थापन गर्ने बारेमा अहिलेसम्म कुनै निर्णय भएको थिएन । उपमहानगर हुँदा हटाउने प्रयास भएपनि व्यपारीको चर्को विरोधका कारण हाट बजार हट्न सकेको थिएन ।
विराटनगरमा गुद्री बजारसहित अन्य १८ स्थानमा हाटबजार लाग्दै आएका छन् । ती बजार अव्यस्थित र साँघुरा छन् । साँघुरो बजारमा फोहोर, घुँइचो, तरकारीको गाडी पार्किङ्ग गर्ने ठाउँको अभाव पनि छ । 
बजारभित्रको ट्राफिक व्यवस्थापनका लागि पनि हाटबजार हटाउन लागिएको हो । अहिले स्थानीय सरकार विराटनगर आफैँ भएकोले पनि विराटनगरको विकासमा हाट बजार हटाउने निर्णयलाई धेरैले सकारात्मक लिएका छन् ।

हाटबजार व्यवस्थापनको सहज उपाय
प्रदेश राजधानीका मुख्य सडकमा दैनिक तथा साप्ताहिक हाटहरू लाग्ने गरेका छन् । व्यस्त सडकमा लाग्ने हाटबजारलाई महानगरपालिकाले व्यवस्थित गर्न केही योजनाहरु पनि अघि सारेको छ । 

‘हटाउने भन्ने बितिकै कुनै उपाय त दिनै पर्ला तर त्यसका सहज उपाय विराटनगर महानगरसँग एउटै छ त्यो हो कटहरी गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको व्यवस्थित क्षेत्रीय कृषि बजार केन्द्र ।’ मेयर भीम पराजुलीले कृषि प्रदर्शनी केन्द्र निर्माण भइरहेकोले त्यँही व्यवस्थापनको तयारी भइरहेको बताए । 

व्यावसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कठ्ठा र सार्वजनिक सरकारी १८ कठ्ठा २ धुर गरि कुल ५ विघा २ धुर जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रूपैयाँ लागतमा बजार निर्माणकोे काम अन्तिम चरणमा पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x