×

NMB BANK
NIC ASIA

इटालीका गृहमन्त्रीले हजारौं रोमाहरूलाई बाहिर निकाल्ने

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ असार – इटालीका गृहमन्त्री बञ्जारा रोमा समुदायका हजारौं मानिसलाई देशबाट निकाल्ने आफ्नो वाचालाई कार्यान्वयन गर्ने बताएका छन् । यी उग्रदक्षिणपन्थी मन्त्रीले देशको फासिस्ट विगतलाई सम्झाउने अवैध नीति ल्याउन लागेको भनी आलोचना भएपनि उनले त्यसलाई मतलब गरेका छैनन् । 

गृहमन्त्री भएको तीन हप्तामा समर्थन सूचकांक ह्वात्तै बढाएका साल्भिनीले रोमाहरूको जनगणना गर्नुपर्ने अनि सबै गैरइटालेली रोमालाई देशनिकाला गर्नुपर्ने बताए । 

टुरिन शहरमा रोमाहरू बस्ने गरेको एक ‘अवैध’ घर ध्वस्त पारिएकोलाई उनले ट्विटरमा प्रशंसा गरेका थिए । साल्भिनीको लीग पार्टीको नियन्त्रणमा रहेको एक स्थानीय परिषद्ले उक्त घर भत्काउने आदेश दिएको थियो । 

युरोप छिर्ने आप्रवासीहरूका विरुद्ध कठोर नीति अपनाइरहेको बेलामा साल्भिनीले रोमाविरुद्ध पनि कदम चालेका हुन् । अघिल्लो हप्ता उनले ६०० भन्दा बढी मानिस बोकेको एक जहाजलाई इटालीको तटमा रोकिन दिएका थिएनन् ।
त्यसपछि जहाज स्पेनतर्फ पठाइएको थियो । 

यो घटनाक्रमपछि इटालीमा साल्भिनी र उनको गठबन्धन सहयोगी पार्टी फाइभ स्टार मुभमेन्ट (एम५एस) बीच फाटो आएको छ । एम५एसका लुइगी डी माइओले रोमाहरूको जनगणना गरिनु ‘असंवैधानिक’ भएको बताए । 

द गार्डियनबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x