×

NMB BANK
NIC ASIA

बालविवाह न्यूनीकरणका लागि रोल्पामा अभिभावकलाई तालिम

असार ६, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

रोल्पा, ६ असार - जिल्लामा अत्यधिक मात्रामा रहेको बालविवाह न्यूनीकरण गर्न भन्दै रोल्पामा अभिभावकका लागि तीनदिने तालिम सम्पन्न भएको छ । 

Muktinath Bank

परिवर्तन गाउँपालिकाको राङसी, पोखरामा यही असार १ गतेदेखि चलेको तालिम असार ३ गते सम्पन्न भएको हो । तालिममा अभिभावकले बडो रुचीका साथ सहभागिता जनाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), रोल्पाको आर्थिक सहयोग रहेको थियो । स्थानीय सहकारी संस्थाका अध्यक्ष पूर्णा रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति नौलसिंह पुनमगरको प्रमुख आतिथ्यता रहेको थियो । 


Advertisment
Nabil box
Kumari

देशकै तुलनामा रोल्पा जिल्लामा बालविवाह दर अधिक रहेको हुँदा यस्को रोकथाम तथा न्यूनीकरणका लागि अभिभावकलाई तालिम दिइएको ९युएनएफपीए० रोल्पाका खगेन्द्र भट्टले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

उहाँका अनुसार रोल्पामा बालबालिकाको इच्छाअनुसार होस् वा अभिभावकको मञ्जुरीमा होस् मागी विवाहभन्दा भागी विवाह बढी हुने प्रचलन छ । त्यो पनि १४/१५ वर्षदेखि नै बालविवाह हुने गरेको हुँदा अभिभावकलाई तालिमको आवश्यकता महसुस गरिएको भट्टले जानकारी दिए । यसबाहेक जिल्लामा विभिन्न समय समयमा किशोरकिशोरीका लागि पनि यस किसिमको तालिम सञ्चालन हुँदै आएको छ । 

तीन दिनसम्म चलेको तालिमको सहजीकरण महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य र समाजसेवी तथा अधिकारकर्मी गीता वलीले गरेका थिए ।

कार्यक्रमका सहभागी भएका अभिभावकले अज्ञानता तथा चेतना अभाकका कारण आजका दिनसम्म आइपुग्दा बाल विवाहमा परिवारले स्वीकृति दिएको भए पनि अबका दिनमा बालविवाह न्यूनीकरणमा सबै साथ सहयोग र ऐक्यबद्धता हुने प्रतिबद्धता जनाएका थिए । 

बालविवाह न्यूनीकरणका लागि कुनै व्यक्ति वा संस्थाको एकल प्रयासमात्र पर्याप्त नहुने भएको हुँदा सबैले एकजुट भई जिल्लामा सञ्चालनमा रहेको अभियान सफल पार्नुपर्नेमा रेडक्रस रोल्पाका अध्यक्ष पुनले जोड दिए । 

उनका अनुसार असम्भव भन्ने कुरा केही पनि नहुने भएको हुँदा यो अभियानमा बालबालिका स्वयं तथा तिनका अभिभावक र सरोकारवाला अझ सक्रियरुपमा अघि बढे जिल्लामा बालविवाह न्यूनीकरण हुन सक्छ । 

यस्तै, स्थानीय समाजसेवी पविता सुवेदीका अनुसार उमेर नपुगी भएका अधिकांश विवाह अन्तमा सम्बन्धबिच्छेदमा परिणत हुने गरेको हुँदा उच्च शिक्षा हासिलपश्चात आफू सक्षम भएर मात्र विवाह गर्न जरुरी देखिन्छ ।

अन्यथा बालविवाहका कारण अन्य विभिन्न समस्या थपिँदै जाने भएको हुँदा यसले बालविवाह गर्ने जोडीलाई मात्र नभई तिनका अभिभावकलाई समेत जिन्दगीभरि पीडा दिनेगर्छ । यस विषयमा अभिभावक पनि सचेत र सजग हुनुपर्ने उनको सुझाव छ । 

जिल्ला अदालत रोल्पाको तथ्यांकअनुसार रोल्पामा सबैभन्दा बढी सम्बन्धबिच्छेदका घटना दर्ता हुनेगरेका छन् । यसरी सम्बन्धबिच्छेद गर्ने जोडीमा आधाभन्दा बढी बालविवाह गर्ने जोडी नै सम्बन्धबिच्छेदमा पुग्ने गरेको पाइन्छ । त्यसैले, बालबालिका मात्र नभई तिनका अभिभावकसमेत सचेत बन्नुपर्नेमा अधिकारकर्मीको जोड छ । 

तालिम निकै सान्दर्भिक भएको हुँदा जिल्लाका सबै गाउँपालिकामा यस किसिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाको माग छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x