×

NMB BANK
NIC ASIA

चीनमा प्रधानमन्त्रीको भनाइ- 'स्थिर सरकार बन्यो, चिनियाँ लगानी बढ्ने अपेक्षा छ'

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेइजिङ, ६ असार -प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताउनुभएको छ । 

Sagarmatha Cement
Muktinath Bank

चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले आज बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा गरिने लगानी वास्तवमै नाफामूलक उद्योगका रुपमा रहने अवगत गराउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले विदेशी लगानीका लागि व्यवहारतः उपयुक्त वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै स्थिर तथा समृद्धिका लागि प्रतिबद्ध सरकारले ती क्षेत्रमा चिनियाँ लगानी वृद्धि हुने अपेक्षा गरेको भन्नुभयो । 


Advertisment
Nabil box
Kumari

नेपालमा दर्ता भएका विदेशी लगानीकर्ताले आफ्ना जग्गा खरिद बिक्री गर्नसक्ने भन्दै स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै पनि प्रकारको विभेद नरहेको र निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति नभएको स्पष्ट पार्नुभयो । 

Vianet communication
Laxmi Bank

नेपालमा सहज र सुलभ श्रमशक्ति पाइने, विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगका लागि निश्चित अवधिसम्म करका दायरा खुकुलो रहेको जानकारी दिँदै प्रधानमन्त्रीले सन् २०१६ मा आफ्नो भ्रमणका क्रममा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताले आर्थिक विकासको पूर्वाधार खडा गर्ने र दुवै मुलुक सीमापार आर्थिक क्षेत्र तथा रेलमार्ग अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभयो । 

हालै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को पार्टी एकताले नेपालमा राजनीतिक स्थिरता निर्माण गर्ने र स्थिरतासँगै स्पष्ट मार्गचित्रका साथ समृद्ध नेपाली सुखी नेपालीको लक्ष्य लिई विकास र समृद्धितर्फको यात्रा तय गरेको बताउनुभयो । 

राजनीतिक स्थिरताले नीतिगत निरन्तरता र एकरुपता ल्याउनुका साथै विदेशी लगानीको पूर्वशर्तका नीतिमा थप प्रष्टता हुने उहाँले स्पष्ट पार्नुभयो । 

नेपाल र चीनबीच प्राचीनकालदेखि भूगोल, संस्कृति र परम्पराका आधारमा मैत्री सम्बन्ध रहेको र यो राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समेत फैलिएको उल्लेख गर्दै प्रधानमन्त्रीले ‘नेपाल एक चीन नीति’प्रति प्रतिबद्ध हुँदै चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सिद्धान्तमा अविचलित रहेको दृढता पेश गर्नुभयो । 

उहाँले भन्नुभयो, “हामी दुई असल छिमेकी मात्रै होइनौं । विश्वसनीय विकास साझेदार पनि हौँ । हामी चीनको आर्थिक र प्रविधिका क्षेत्रमा विकास भएका नवीनतम् क्षमताको सहयोगबाट नेपालले विकासको परिदृश्यमा आफूलाई परिणत गर्न सक्नेछौँ । 

चीनका राष्ट्रपति सी जिन पिङको दूरदृष्टिमा आधारित ओबर परियोजनामा नेपाल जोडिएको र यस प्रयासले आफूहरुलाई दुई देशबीचमा सहयोग र सहकार्यका प्रचुर सम्भावनालाई आमन्त्रण गरिरहेको बताउँदै प्रधानमन्त्रीले नेपालमा चिनियाँ पर्यटकको आकर्षण प्रधानमन्त्रीले खुशी व्यक्त गर्नुभयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x