×

NMB BANK
NIC ASIA

आज पोर्चुगलको भिडन्त मोरक्कोसँग : रोनाल्डोमा छ सबैको नजर

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ असार – फूटबल विश्वकपको सातौं दिन बुधवार तीनवटा खेल खेलिँदैछन् । पोर्चुगल र मोरक्कोबीचको खेल पौने ६ बाट, उरुग्वे र साउदी अरबबीचको खेल पौने नौबाट अनि स्पेन र इरानबीचको खेल पौने १२ बजेबाट शुरू हुँदैछन् । 

इरान समूह बी को शीर्ष स्थानमा छ । उसले स्पेनलाई हराएमा राउन्ड अफ १६ मा पुग्ने सम्भावना छ । इरानले पहिलो म्याचमा मोरक्कोविरुद्ध जीत हासिल गरेको थियो । 

आज सबैको नजर पोर्चुगलका कप्तान रोनाल्डोमाथि छ । उनले अघिल्लो म्याचमा स्पेनविरुद्ध ह्याटट्रिक गरेका थिए । संसारका सर्वोत्कृष्ट गोलकीपर मानिने डेभिड डी गीयालाई पनि छकाएर उनले तीन गोल हानेका थिए । रोनाल्डो चार
फरक विश्वकपमा गोल गर्ने संसारका चौथा खेलाडी हुन् । 

उरुग्वेका लुईस सुआरेज सयौं अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । 

स्पेनको टीममा पनि धेरैको नजर रहनेछ । साना साना पास खेलेर गोल गर्ने स्पेनको विशषता हो । 

फ्रान्समा भएको युरो कप २०१६ को विजेता टोली पोर्चुगलले पहिलो खेलमा स्पेनलाई रोकेको भएपनि फूटबल विशेषज्ञहरू उसलाई उपाधिको दाबेदार मान्दैनन् । पूरै टीम रोनाल्डोमा निर्भर रहनु यसको कारण हो । 

स्पेनले तीन गोल हानेर पोर्चुगलको डिफेन्सलाई छेडेको पनि हो । रोनाल्डोबाहेक अन्य खेलाडीले गोल गर्ने सम्भावनासम्म पनि देखाएनन् । 

तर आज मोरक्कोलाई हराएर अन्तिम १६ मा स्थान बनाउने दिशामा मजबूतीका साथ बढ्ने लक्ष्य पोर्चुगलले लिएको छ । यी दुवै टीमबीच विश्वकपमा यो दोस्रो खेल हो । यसअघि सन् १९८६ मा मोरक्कोले पोर्चुगललाई ३–१ ले
हराएको थियो । 

उरुग्वे पनि आज देशका लागि सयौं खेलमा उत्कृष्ट प्रदर्शन गर्ने ध्याउन्नमा हुनेछन् । इजिप्टविरुद्धको खेलमा उनले गोल गर्ने दुईतीन कोशिश गरेको भएपनि सफल भएनन् । आज टीमलाई जिताएर राउन्ड अफ १६ मा पु–याउने
सम्भावनालाई उनी बलियो बनाउन चाहन्छन् । 

रुससँग साउदीले खेलेको खराब खेलपछि उरुग्वेले पनि उसलाई सजिलै हराउने अनुमान गरिएको छ । 

साउदीले सन् १९९४ पछि चारवटा विश्वकपमा भाग लिएको छ तर एउटा खेल पनि जितेको छैन । यो म्याच पनि हारेमा उसका खेलाडीहरू समस्यामा पर्न सक्छन् । साउदी अरब फूटबल महासंघका अध्यक्ष अदेल इज्जतले रुससँग
हारेपछि केही खेलाडीविरुद्ध अनुशासनात्मक कारवाहीको आदेश दिएका थिए । साउदी टीम यो म्याच जितेर सम्मान फिर्ता पाउन चाहन्छ ।

पहिलो म्याचमा जितेको इरानी टोलीले आज सन् २०१० को विश्वविजेता स्पेनसँग प्रतिस्पर्धा गर्दैछ । स्पेनका कप्तान सर्जिओ रामोसलाई संसारको उत्कृष्ट डिफेन्डर मानिन्छ । उनको टोलीले पहिलो म्याचमा पोर्चुगलविरुद्ध बराबरी
खेल्नुपरेको थियो । गोलकीपर डेभिड डी गीयाले यो खेलमा गोल रोक्ने भरपूर कोशिश गर्नेछन् । अघिल्लो खेलमा उनले तीन गोल खाएका थिए । 

उता इरानको टोली पहिलो म्याचमा भाग्यवश जितेको थियो । मोरक्कोले आत्मघाती गोल गरेपछि इरानलाई फाइदा पुगेको थियो र आत्मविश्वास पनि बढाएको थियो । यही आत्मविश्वासका साथ उनीहरू स्पेनविरुद्ध भिड्दैछन् ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

जेठ २४, २०७५

काठमाडौं, २४ जेठ - फिफा विश्वकप फूटबल प्रतियोगिता यही जेठ ३१ गतेबाट रुसमा शुरु हुँदैछ । विश्वभरका करोडौं फूटबल समर्थक विश्वकपको प्रतिक्षामा छन् । आफूलाई मन पर्ने टोली र खेलाडीहरूको प्रदर्शनमा उनीहरूको नज...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार २, २०७५

काठमाडौं, २ असार–  विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा र...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x