×

NMB BANK
NIC ASIA

सुर्खेत, ७ असार – कर्णाली प्रदेश सरकारले प्रदेशभरका स्थानीय तहलाई ४० करोड रुपैयाँ बाँड्ने भएको छ ।

Muktinath Bank

स्थानीय तहले आगामी १० गतेसम्म बजेट प्रस्तुत गरिसक्नुपर्ने भएकाले बजेट निर्माणमा सहजता पुर्याउन प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले असार ४ गते रकम पठाएको हो । आर्थिक वर्ष २०७५/०७६ को स्थानीय तहको राजस्व बाँडफाँड तथा समानिकरण अनुदानको अनुमानित स्रोत बाँडफाँडका आधारमा कर्णाली प्रदेश सरकारले बजेट पठाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशभित्र रहेका ७९ वटा स्थानीय तहको सवारी साधनतर्फको राजस्व अनुमान ३ करोड रुपैयाँ गरेको छ । समानिकरण अनुदानतर्फ मन्त्रालयले सबै स्थानीय तहलाई ४० करोड रुपैयाँ वितरण मन्त्रालयका निमित्त सचिव दिलिप केसीले बताए ।


Advertisment
Nabil box
Kumari

‘केन्द्र सरकारले प्रदेश सरकारलाई पठाएको नियमानुसार स्थानीय तहलाई रकम वितरण गरिएको हो,’ उनले भने, ‘प्रदेश सरकारले स्थानीय तहलाई वितरण गरेको बजेटमध्ये सबैभन्दा धेरै प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई परेको छ ।’ वीरेन्द्रनगरले आन्तरिक राजस्वसहित ९५ लाख ९० हजार रुपैयाँ पाएको छ । सबैभन्दा कम रकम हुम्लाको नाम्खा गाउँपालिकालार्ई परेको छ । नाम्खाले राजस्वसहित ४५ लाख ७१ हजार रुपैयाँ पाएको छ ।

Vianet communication
Laxmi Bank

सुर्खेतका अन्य स्थानीय तहमा भेरीगंगा नगरपालिकाले ६२ लाख ३० हजार रुपैयाँ, लेकवेशी नगरपालिकाले ५८ लाख ७ हजार रुपैयाँ, पञ्चपुरी नगरपालिकाले ५८ लाख ३३ हजार रुपैयाँ र गुर्भाकोट नगरपालिकाले ६३ लाख ७० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सिम्ता गाउँपालिकाले ५९ लाख ४३ हजार, चिङ्गाड गाउँपालिकाले ५२ लाख ४० हजार, बराहताल गाउँपालिकाले ५९ लाख १५ हजार र चौकुने गाउँपालिकाले ५६ लाख ८७ हजार रुपैयाँ राजस्वसहित पाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x