×

NMB BANK
NIC ASIA

कांग्रेसलाई एकढिक्का बनाउन जिल्ला सभापतिहरू एकमत

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

हेटौंडा, ६ असार – नेपाली कांग्रेसको जिल्ला सभापतिको जारी राष्ट्रिय भेलामा आज सभापतिहरूले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले पार्टीको विधानलाई संघीयताको मर्मअनुरुप संशोधन गर्नुपर्ने एवं निर्वाचनका क्रममा उम्मेदवार उठाउँदा जनताको विश्वास जित्ने आधार भएको व्यक्तिलाई टिकट दिनुपर्ने धारणा राखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाली कांग्रेस केन्द्रीय समितिद्वारा हिजोदेखि हेटौंडामा आयोजित राष्ट्रिय भेलामा पार्टी बझाङका सभापति हर्क जंगबहादुर सिंहले पार्टीभित्र देखिएको अनुशासनहीनताले काँग्रेसका नायक विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीति र पार्टीको आदर्शलाई आघात पुगेको उल्लेख गर्दै जनताले विश्वास गरेका नेता र कार्यकर्तालाई पार्टीले मूल्याङ्कन गर्नुपर्ने र भविष्यमा पार्टीको विधानलाई संशोधन गरी राष्ट्रिय राजनीतिमा काँग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

भेलामा काँग्रेस सप्तरीका सभापति दिनेश यादव, सिराहका सभापति रामचन्द्र यादव र पर्साका सभापति अजय द्विवेदीले पार्टी संगठनलाई जनताको घरदैलोमा पुगेर दरिलो र प्रभावकारी बनाउन अपरिहार्य रहेको उल्लेख गर्दै पार्टीको नेतृत्वले कसैलाई पाखा कसैलाई काखा नगरी निर्वाचनमा निष्पक्ष मूल्याङ्कन गरेर अघि बढेमा कांग्रेसले आगामी निर्वाचनमा जनताको विश्वास जित्ने धारणा व्यक्त गरे । 

Vianet communication
Laxmi Bank

भेलामा नेपाली काँग्रेस भोजपुरका सभापति नन्दमणि राई, सोलुका सभापति विनोदकुमार बस्नेत, रसुवाका सभापति पेम्बाछिरिङ लामा, सिन्धुलीका सभापति उज्ज्वल बराल, खोटाङका सभापति नरेश श्रेष्ठ, ताप्लेजुङका महिला सभापति लीला पोखरेल र काभ्रेका सभापति मधुप्रसाद आचार्यले नेपाली काँग्रेसले मुलुकमा संविधान र प्रजातन्त्रको संरक्षण गर्न प्रजातान्त्रिक शक्तिहरुको बीचमा समन्वय सहकार्य गर्दै जानुपर्ने र पार्टीभित्र देखिएका मनमुटावलाई त्यागको भावनाबाट अघि बढ्न आग्रह गर्दै राष्ट्रलाई अहिले संकट परेको बेलामा सत्ताका लागि हानथाप नगरी राष्ट्रको सार्वभौम र राष्ट्रिय अखण्डता जोगाउन काँग्रेसले अहिले संवेदनशील भएर एकढिक्का हुनु नै समयको माग रहेको सुझाव प्रस्तुत गरे । 

केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको मौजुदा विधानलाई संघीयताको ढाँचामा संशोधन गर्न र पार्टीको संगठनलाई दरिलो, जनमुखी र जनताप्रति जिम्मेवार बनाउनेतर्फ नेता र कार्यकर्ताको दृढता हुनुपर्ने भेलाका सभापतिहरूले आफ्नो धारणा व्यक्त गरेको आज अपराह्न पत्रकार सम्मेलन गरी जानकारी दिए ।

उनले वक्ताहरूले दिनु भएको सुझावलाई महासमिति भेला र केन्द्रीय समितिको बैठकमार्फत् भविष्यमा पार्टीको विधान संशोधन र पार्टीको अनुशासनमा कडाइ गरिने जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x