×

NMB BANK
NIC ASIA

चिनियाँ रेल नेपाल पुग्न ‘७ वर्ष लाग्ने’ !

असार ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेइजिङ (चीन) ६ असार – चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भएको भेटवार्ताले २ देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको छ ।

Sagarmatha Cement
Muktinath Bank

चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आज सम्पन्न २ नेताबीचको भेटवार्तासहित चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको यो भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण खुड्किलो सावित भएको बताए । मन्त्री ज्ञवालीले भने, ‘यो भ्रमणको मुख्य उद्देश्य मित्रतालाई सुदृढ गर्ने थियो । २ देशबीचको सहयोगका क्षेत्र पहिल्याउने विषयमा पनि विचारविमर्श भयो । चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सन् २०१६ को चीन भ्रमणका बेला भएका समझदारीको सुखद स्मरण गर्दै नेपालले यसबीचमा प्राप्त गरेको उपलब्धि र सक्षम नेतृत्वका लागि बधाई दिनुभएको थियोे ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधानको कार्यान्वयन हुनु र ३ तहको निर्वाचन सम्पन्न भई मुलुक राजनीतिक स्थायित्वमा जानु चीनको निम्ति पनि सुखद भएको र यो नेपालको विकासका निम्ति अनिवार्य पूर्वाधार भएको विचार राष्ट्रपति सीले व्यक्त गर्नुभएको मन्त्री ज्ञवालीले जानकारी दिए । मन्त्री ज्ञवालीका अनुसार राष्ट्रपति सीले नेपालको समृद्धिका लागि प्रधानमन्त्री ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई पूरा गर्न चीन सदैव सहयोगी रहने वचनवद्धता व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

नेपालको स्वतन्त्र छनोटको अधिकारलाई चीनले सदैव समर्थन गर्ने प्रतिवद्धता राष्ट्रपति सीले व्यक्त गर्नुका साथै नेपालको विकासमा हरतरहले सहयोग गर्ने विश्वास दिलाएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । बेल्ट एण्ड रोड इनिसियटिभ र ट्रान्सहिमालयन कनेक्टिभिटीको परिधिभित्र रहेर नेपालले पूर्वाधार विकास गर्न चाहेको र त्यसमा चीन सहयोग गर्न तत्पर रहेको चिनिया राष्ट्रपतिलाई उद्धृत गर्दै मन्त्री ज्ञवालीले बताए ।

Vianet communication
Laxmi Bank

अन्तरदेशीय रेलमार्गलाई नेपालले विशेष प्राथमिकतामा राखको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले अबको ७ वर्षमा नेपाल र चीन रेलमार्गले जोडिने विश्वास व्यक्त गरे । राष्ट्रपति सीसँगको भेटवार्तापछि मन्त्री ज्ञवालीले भने, ‘छिट्टै रेलमार्ग नेपाल पुग्दैछ । त्यसको अध्ययनका लागि दुवैतर्फ निर्देशन हुन्छ ।’

उनले पूर्व सम्भाव्यता अध्ययन नेपाली प्रविधिज्ञसहितको टोलीले अगष्टसम्म सकिने र डीपीआर शुरू हुने विश्वास व्यक्त गर्दै नेपालको अर्थतन्त्रका लागि बहुआयामिक महत्वको रेलमार्ग विस्तारमा नेपालले पनि लगानी गर्ने बताए । ‘चीनको रेल काठमाडौं पुग्नेछ, यसले नेपालको विकासमा ठूलो सहयोग पुग्नेछ,’ चिनिया राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘राष्ट्रपति सीले नेपालको चाहनालाई ‘इन्डोर्स’ गर्नुभएको छ ।’ 

उत्तर दक्षिण करिडोर निर्माण, थप उडानको प्रवद्र्धन र तिब्बेतियन हाइवेको नाका प्रयोग गरी विभिन्न नाकामा पुग्ने विषयका प्रोटोकलमा हस्ताक्षर हुने जानकारी दिँदै चिनिया राष्ट्रपतिले पारवहनको सुविधाले नेपालको व्यापार विविधीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको पनि उनले जानकारी दिए ।

चिनिया पक्षबाट तातोपानी नाका छिट्टै खोल्ने आश्वासन प्राप्त भएको र नेपालको पूर्वाधार विकासको चाहनालाई पूर्णरुपमा साथ दिने वचनबद्धता पनि आएको मन्त्री ज्ञवालीले बताए । त्यस अतिरिक्त नेपालका उच्च हिमाली जडीबुटीको बजार प्रवद्र्धन गर्न सघाउन चीन तयार रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले आगामी नोभेम्बरमा हुने संघाई एक्स्पोमा नेपाली व्यापारी सहभागी हुने जानकारी दिए ।

अन्तरदेशीय व्यापार क्षेत्र बनाउने, स्वतन्त्र व्यापार सम्झौतालाई टुङ्ग्याउने, ऊर्जा क्षेत्रमा सहयोग गर्ने र नेपालमा तेल र ग्याँसको अन्वेषण तथा भण्डारणमा सघाउने चिनियाँँ पक्षको प्रतिबद्धता रहेको पनि उनले जानकारी दिए । उनका अनुसार नेपालमा शैक्षिक जनशक्ति उत्पादनका लागि मदन भण्डारी मेमोरियल इन्स्टिच्युट सघाउने प्रतिवद्धता पनि चिनिया पक्षबाट व्यक्त भएको छ । 

‘नेपालले अन्य देशसँग घनिष्ट सम्बन्ध राख्दा चीनलाई कुनै पनि समस्या हुँदैन र नेपालको चीनसँगको घनिष्ट सम्बन्धबाट कोही चिन्तित हुनुपर्दैन, नेपालको त्यो स्वतन्त्र छनोटको कुरा हो, यसलाई स्वाभाविक रुपमा लिनुपर्छ,’ राष्ट्रपति सीलाई उद्धृत गर्दै मन्त्री ज्ञवालीले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x