×

NMB BANK
NIC ASIA

मुख्य समाचार : चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेट, ७ वर्षमा चीनको रेल काठमाडौंमा !

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ असार – चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार बेइजिङमा भेटवार्ता भउको छ । चीनको छ दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा राष्ट्रपति सीसँग भेतवार्ता गर्नुभएको हो ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्रीको यो भेटवार्ता र चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण खुड्किलो सावित भएको प्रधानमन्त्रीसँगै चीनमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।
 
मन्त्री ज्ञवालीले भन्नुभयो, “यो भ्रमणको मुख्य उद्देश्य मित्रतालाई सुदृढ गर्ने थियो । दुई देशबीचको सहयोगका क्षेत्र पहिल्याउने विषयमा पनि विचारविमर्श भयो । चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सन् २०१६ को चीन भ्रमणका बेला भएका समझदारीको सुखद स्मरण गर्दै नेपालले यसबीचमा प्राप्त गरेको उपलब्धि र सक्षम नेतृत्वका लागि बधाई दिनुभएको थियोे ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधानको कार्यान्वयन हुनु र तीन तहको निर्वाचन सम्पन्न भई मुलुक राजनीतिक स्थायित्वमा जानु चीनको निम्ति पनि सुखद भएको र यो नेपालको विकासका निम्ति अनिवार्य पूर्वाधार भएको विचार राष्ट्रपति सीले व्यक्त गर्नुभएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।


Advertisment
Nabil box
Kumari

सात वर्षमा चिनियाँ रेल

Vianet communication
Laxmi Bank

अन्तरदेशीय रेलमार्गलाई नेपालले विशेष प्राथमिकतामा राखको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले अबको सात वर्षमा नेपाल र चीन रेलमार्गले जोडिने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति सीसँगको भेटवार्तापछि मन्त्री ज्ञवालीले भन्नुभयो, “छिट्टै रेलमार्ग नेपाल पुग्दैछ । त्यसको अध्ययनका लागि दुवैतर्फ निर्देशन हुन्छ ।”

उहाँले पूर्व सम्भाव्यता अध्ययन नेपाली प्रविधिज्ञसहितको टोलीले अगष्टसम्म सकिने र डिपिआर शुरु हुने विश्वास व्यक्त गर्दै नेपालको अर्थतन्त्रका लागि बहुआयामिक महत्वको रेलमार्ग विस्तारमा नेपालले पनि लगानी गर्ने बताउनुभयो ।

“चीनको रेल काठमाडौँ पुग्नेछ, यसले नेपालको विकासमा ठूलो सहयोग पुग्नेछ,” चिनिया राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो – “राष्ट्रपति सीले नेपालको चाहनालाई ‘इन्डोर्स’ गर्नुभएको छ ।”

उत्तर दक्षिण करिडोर, तातोपानी नाका छिट्टै सञ्चालन

उत्तर दक्षिण करिडोर निर्माण, थप उडानको प्रवद्र्धन र तिब्बेतियन हाइवेको नाका प्रयोग गरी विभिन्न नाकामा पुग्ने विषयका प्रोटोकलमा हस्ताक्षर हुने जानकारी दिँदै चिनिया राष्ट्रपतिले पारवहनको सुविधाले नेपालको व्यापार विविधीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको पनि उहाँले जानकारी दिनुभयो ।

चिनियाँ पक्षबाट तातोपानी नाका छिट्टै खोल्ने आश्वासन प्राप्त भएको र नेपालको पूर्वाधार विकासको चाहनालाई पूर्णरूपमा साथ दिने वचनबद्धता पनि आएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

समय मिलाएर सी नेपाल आउने !

भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गर्न दिनुभएको निम्तोको प्रत्युत्तरमा चिनिया राष्ट्रपति सीले ‘म अवश्य नेपाल आउँछु’ भन्नुभएको जानकारी मन्त्री ज्ञवालीले दिनुभयो । प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिँदै नेपाली जनता राष्ट्रपति सीलाई स्वागत गर्न चाहन्छन् भन्नुभएको थियो । 

“नेपाल भ्रमणका लागि यो उपयुक्त अवसर हो,” चिनिया राष्ट्रपतिलाई उद्धृत गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो । 

आपसी कूटनीतिक माध्यमबाट दुवै पक्षलाई अनुकूल हुने मिति तय गरेर चिनिया नेताको नेपालको भ्रमणको तयारी अगाडि बढाउने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

स्थानीय तहलाई आन्तरिक ऋण लिन स्वीकृति

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आवश्यक परेमा आन्तरिक ऋण लिनका लागि स्वीकृति प्रदान गरेको छ । 

मन्त्रालयले स्थानीय तहलाई आव २०७५/०७६ को आवश्यक बजेटका लागि अन्य स्रोतबाट आन्तरिक ऋण लिन स्वीकृत प्रदान गरिएको मन्त्रालयका शाखा अधिकृत केशवराज सुवेदीले जानकारी दिए ।

केन्द्र र प्रदेश सरकारले बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले बजेट ल्याउने तयारीमा रहेका छन् । मन्त्रालयले सबै स्थानीय सरकारलाई बुधबार ऋण लिनका लागि सर्कुलर समेत जारी गरिसकेको छ । 

कांग्रेस जिल्ला सभापतिहरूको भेला

नेपाली कांग्रेसको जिल्ला सभापतिको जारी राष्ट्रिय भेलामा बुधबार सभापतिहरूले पार्टीलाई एकढिक्का बनाएर अधि बढाउनुपर्ने सुझाव दिएका छन् ।

मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले पार्टीको विधानलाई संघीयताको मर्मअनुरूप संशोधन गर्नुपर्ने एवं निर्वाचनका क्रममा उम्मेदवार उठाउँदा जनताको विश्वास जित्ने आधार भएको व्यक्तिलाई टिकट दिनुपर्ने धारणा राखे ।

नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा मंगलबारदेखि हेटौंडामा आयोजित राष्ट्रिय भेलामा पार्टी बझाङका सभापति हर्क जङ्गबहादुर सिंह, सप्तरीका सभापति दिनेश यादव, सिराहका सभापति रामचन्द्र यादव,  पर्साका सभापति अजय द्विवेदी, भोजपुरका सभापति नन्दमणि राई, सोलुका सभापति विनोदकुमार बस्नेत, रसुवाका सभापति पेम्बाछिरिङ लामा, सिन्धुलीका सभापति उज्ज्वल बराल, खोटाङका सभापति नरेश श्रेष्ठ, ताप्लेजुङका महिला सभापति लीला पोखरेल, काभ्रेका सभापति मधुप्रसाद आचार्यलगायतले बोलेका थिए ।

केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको मौजुदा विधानलाई संघीयताको ढाँचामा संशोधन गर्न र पार्टीको संगठनलाई दरिलो, जनमुखी र जनताप्रति जिम्मेवार बनाउनेतर्फ नेता र कार्यकर्ताको दृढता हुनुपर्ने भेलाका सभापतिहरूले आफ्नो धारणा व्यक्त गरेको जानकारी दिए ।

रेशम चौधरीलाई रिहा गर्न राजपाको माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचित सांसद रेशम चौधरीलाई शीघ्र रिहाइ गर्न सरकारसँग माग गरेको छ ।

सोमबार शुरु भई बुधबार सम्पन्न रापजा नेपालको राजनीतिक समितिको बैठकले सांसद चौधरीलगायत मधेश आन्दोलनका क्रममा विभिन्न जिल्लामा बन्दी बनाइएका नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता गरी रिहा गर्न माग गरेको हो ।

सरकार गठन हुँदाका बखत प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका प्रतिबद्धताअनुसार यथाशीघ्र संविधान संशोधन गर्न बैठकले माग गरेको संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

राजपाको महाधिवेशन वैशाखमा

राजपा नेपालले पार्टीको महाधिवेशन २०७६ साल वैशाख ७, ८ र ९ गते सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले पार्टी अध्यक्ष मण्डलमा प्रस्तुत गरिएको पार्टीको मस्यौदा विधान परिमार्जन गरी अर्को बैठकमा पेश गर्न सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र वृशेषचन्द्र लाल सम्मिलित तीन सदस्यीय विधान परिमार्जन समिति गठन गर्ने निर्णय गरेको छ ।

विकट गाउँबाट विकास थाल्न सभामुखको सुझाव

सभामुख कृष्णबहादुर महराले विपन्न बस्तीबाट विकास थाल्न सुझाव दिनुभएको छ । घोराही उपमहानगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिसँग बुधबार घोराहीमा भएको छलफलमा सभामुख महराले विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।


 
विपन्न बस्तीका स–साना योजनालाई प्राथमिकता दिन सभामुख महराले सुझाव दिनुभयो । अबको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकीकरण गर्न आवश्यक रहेको भन्दै उहाँले आमनगरवासीलाई विकासको अनुभूत हुने गरी काम गर्न आग्रह गर्नुभयो । 

डा. उपेन्द्र देवकोटाको निधनपछि न्यूरो अस्पतालको नाम परिवर्तन

बाँसबारीस्थित न्यूरो अस्पतालका सञ्चालक डा. उपेन्द्र देवकोटाको निधनपछि उक्त अस्पतालको नाम परिवर्तन गरिएको छ । सोमबार निधन भएका डा. देवकोटाको नाम थपेर अस्पतालको नयाँ नामाकरण गरिएको हो ।

बुधबार कम्पनी रजिस्टारको कार्यालय पुगेर अस्पतालको नाम परिवर्तन गरी ‘उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एन्ड अलाइड साइन्स’ कायम गरिएको डा. देवकोटाका भतिजा वसन्त देवकोटाले जानकारी दिए ।

उनले लोकान्तरसँग भने– ‘डा. साब हुँदैमा अस्पतालको नाम परिवर्तन गरेर उहाँको नाम राख्ने निर्णय भएको थियो । कम्पनी रजिस्टारमा दर्ता भइसकेको छ । कर कार्यालयलगायत अन्य कार्यलयहरूमा अस्पतालको नाम परिवर्तनका प्रोसेसहरू पनि भइरहेका छन् ।’

वरिष्ठ न्यूरो सर्जन डा. देवकोटाले २००६ अप्रिल १३ बाट बाँसबारीस्थित न्यूरो अस्पताल सञ्चालनमा ल्याएका थिए ।

प्रदेश १ मा कृषि क्षेत्रलाई दुई अर्ब ८५ करोड बजेट

प्रदेश नं १ को कूल गार्हस्थ्य उत्पादन रु ५२ अर्ब ५० करोडमा कृषि क्षेत्रको योगदान ४८ दशमलव ४ प्रतिशत रहेको छ । 

यस प्रदेशका जनताको प्रतिव्यक्ति आय एक हजार १२४ अमेरिकी डलर रहेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोद्वारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटमा उल्लेख छ । 

प्रदेशको कृषि उत्पादन वृद्धि गरी प्रदेशलाई आत्मनिर्भर बनाउने र अन्य प्रदेशमा आपूर्ति गर्ने उद्देश्यले आर्थिक वर्ष २०७५/७६ का लागि कृषि क्षेत्रमा रु दुई अर्ब ८५ करोड रकम विनियोजन गरिएको छ । 

प्रदेशमा कृषि उत्पादनको उचित भण्डारणका लागि तीनवटा शीत भण्डार निर्माण गरिने भएको छ । 

प्रदेशको बजेटमा “उत्पादन गरौँ, प्रदेश समृद्ध बनाऔँ” भन्ने नाराका साथ कृषिलाई पूर्ण व्यावसायीकरण र औद्योगिकीकरण गरिने उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x