विश्वकपमा आज पनि ३ खेल, अर्जेन्टिनालाई जित्नै पर्ने दबाब

असार ७, २०७५

काठमाडौं, ७ असार - रुसमा जारी विश्वकप फूटबल प्रतियोगितामा आज पनि तीन खेल हुँदैछन् ।

पहिलो खेलमा साँझ पौने ६ बजे समूह सीमा रहेका डेनमार्क र अस्ट्रेलिया आमने-सामने हुनेछन् ।
त्यसपछि पौने ९ बजे सोही समूहका फ्रान्स र पेरु भिड्नेछन् ।


ADVERTISEMENT

समूह सीमा डेनमार्क र फ्रान्सले १-१ जित दर्ता गरेका छन् । फ्रान्सले अस्ट्रेलियालाई २-१ तथा डेनमार्कले पेरुलाई १-० ले पराजित गरेका थिए ।

यस्तै समूह डीमा रहेको साविकको उपविजेता अर्जेन्टिनाले आज क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार मध्यरातको पौने १२ बजे शुरु हुनेछ ।
पहिलो खेलमा आइसल्याण्डसँग 1-१ को बराबरी खेलेको अर्जेन्टिना आजको खेल जित्नै पर्ने दबाबमा छ ।

क्रोएसियाले भने नाइजेरियाविरुद्ध जीत दर्ता गरेको थियो ।

असार ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस