×

NMB BANK
NIC ASIA

कावा प्रधानमन्त्री पोखरेलको आश्वासन- 'नेपाललाई योग केन्द्र बनाउन पहल गर्छु'

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ असार - कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताउनुभएको छ । 

Muktinath Bank

चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा उहाँले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई योग केन्द्रको रुपमा विकसित गर्दै जाने बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रक्षामन्त्रीसमेत रहनुभएका कावा प्रधानमन्त्री पोखरेलले योगको लोकप्रियता बढेर अहिले शैक्षिक संस्थाले पनि अतिरिक्त क्रियाकलाप तथा औपचारिक विषयका रुपमा पठनपाठन र अभ्यास गराउन थालेको बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

उहाँले शारीरिक अभ्यास, उपचार पद्धति, योग शिक्षा, धार्मिक एवं आध्यात्मिक चेतना विकास तथा विश्वव्यापी सहकार्य, सामञ्जस्यजस्ता योगका आयामलाई सन्तुलित रुपमा जीवन पद्धति नै बनाउने कार्यमा यस दिवसले प्रेरणा दिएको समेत धारणा राख्नुभयो । 

Vianet communication
Laxmi Bank

“योगको महत्व विश्वव्यापी रुपमा बढ्दै गइरहेको छ । पूर्वीय सभ्यता एवं जीवनदर्शनको अमूल्य सम्पदा योगलाई आज विश्वले जुन महत्वपूर्ण स्थान दिएको छ त्यसको आधारमा यसको महत्वलाई आ–आफ्ना ठाउँबाट प्रचारप्रसार गरेर सबैलाई योगमा आबद्ध गराउनुपर्दछ,” उहाँले भन्नुभयो । 

योगलाई कुनै एउटा धर्म सम्प्रदायसँग मात्र नाता छ कि भनेर कतिपय त सशंकित भएर पनि हेर्ने गरेको पाइएको भन्दै उहाँले वास्तवमा योग कुनै धर्म संस्कृतिको मात्रै पेवा नभई मानवजाति असल बन्न तथा सत्यलाई चिन्न र विभेदलाई हटाउने साधनको रुपमा पनि योग रहेको बताउनुभयो । 

कावा प्रधानमन्त्री पोखरेलले योग आफूले आफैँलाई बुझ्ने परमसाधनाको सूत्र भएको उल्लेख गर्दै योगको अन्तर्मनसँग मात्रै होइन, आत्मासँग पनि त्यत्तिकै घनिष्ट सम्बन्ध रहेकाले योगको अनुशीलनबाट जीवनलाई सर्वोत्कृष्ट बनाउन सकिने धारणा राख्नुभयो । 

उहाँले ऋषिमुनिले सनातनकालदेखि योगसाधन गर्दै आएका भए पनि योगलाई व्यवस्थित र बेग्लै दर्शनको रुपमा विकास गर्ने काम पतञ्जलिले गरेको बताउनुभयो । 

भारतले सन् २०१४ मा संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा जुन २१ अर्थात आजकै दिनलाई विश्वयोग दिवसको रुपमा मनाउने प्रस्ताव गरेको थियो र उक्त प्रस्ताव अत्यधिक बहुमतका साथ १७५ सदस्य राष्ट्रले अनुमोदन गरेका थिए । त्यसैबेला देखि नै योगलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x