×

NMB BANK
NIC ASIA

अर्जेन्टिनाले आजको म्याच जित्नैपर्ने, फ्रान्सलाई अर्को चरणमा पुग्ने मौका

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ असार – फूटबल विश्वकपको आठौं दिन बिहीवार तीनवटा खेल हुँदैछन् । डेनमार्क र अस्ट्रेलियाबीच पौने ६ बजे, फ्रान्स र पेरुबीच पौने ९ बजे अनि अर्जेन्टिना र क्र्रोसियाबीच पौने १२ बजेदेखि प्रतिस्पर्धा हुँदैछ । 

डेनमार्कले अस्ट्रेलियालाई हराएमा अनि फ्रान्सले पेरुलाई पराजित गरेमा उनीहरू राउन्ड अफ १६ मा स्थान पक्का गर्नेछन् । अर्जेन्टिनाले चाहिँ प्रिक्वार्टरफाइनलमा पुग्ने हो भने जसरी भएपनि आज क्रोएसियालाई हराउनुपर्नेछ । 

त्यसो त अर्जेन्टिनाले सन् २००२ देखि अहिलेसम्मको विश्वकपमा समूह चरणमा एउटा खेल पनि हारेको छैन । अनि अर्जेन्टिना र क्रोएसियाले अहिलेसम्म चार खेल खेलेका छन् । त्यसमा अर्जेन्टिना दुई अनि क्रोएसिया एक खेलमा विजयी
भएको थियो । एउटा खेल बराबरीमा टुंगिएको थियो । सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १–० ले हराएको थियो ।

अर्को प्रतिस्पर्धामा फ्रान्सले पेरुको सामना गर्दैछ । यसै वर्ष यी दुईबीच प्रतिस्पर्धा हुँदा पेरु १–० ले विजयी भएको थियो । पेरुले सन् १९७८ पछि फिफा विश्वकपमा सात म्याच खेलेको छ तर त्यसमा एउटा पनि जितेको छैन । 

आज २१ जुनमा फ्रान्सको गेम परेको छ । यो उसका लागि विश्वकपमा शुभ दिन हो । सन् १९८२ को विश्वकपमा २१ जुनमै उसले कुवेतलाई ४–१ ले हराएको थियो । अनि सन् १९८६ को विश्वकपमा क्वार्टरफाइनलमा उसले ब्राजिललाई हराएको थियो । 

चालीस वर्षअघि २१ जुनमा पेरुले विश्वकपमा सबभन्दा लज्जास्पद हार बेहोर्नुपरेको थियो । त्यतिखेर उसलाई अर्जेन्टिनाले ६–० ले हराएको थियो । 

फ्रान्सले दक्षिण अमेरिकी टोलीहरूसँग अहिलेसम्म १३ म्याच खेलेको छ । त्यसमा उसले चार जीत, पाँच हार र चार बराबरी खेलेको छ । तर सन् १९७८ मा अर्जेन्टिनासँग २–० ले हारेपछि ऊ अपराजेय रहेको छ । 

अर्को प्रतिस्पर्धामा अस्ट्रेलिया र डेनमार्क भिड्दैछन् । दुवैले अहिलेसम्म तीन खेल खेलेका छन् । त्यसमा डेनमार्क दुईमा अनि अस्ट्रेलिया एकमा विजयी भएको छ । तर यी तीनै मैत्री म्याच थिए । विश्वकपमा उनीहरूले कहिले पनि
एकअर्काविरुद्ध खेलेका छैनन् । अस्ट्रेलियाले लगातार पछिल्ला चार म्याच हारेको छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x