×

NMB BANK
NIC ASIA

चीनमा प्रधानमन्त्री- नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसाथ गर्छ

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेइजिङ, ७ असार - प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव र वर्तमानको शक्तिशाली सत्तारुढ पार्टीको लक्ष्यबारे स्पष्ट पार्नुभएको हो । 

उहाँले भन्नुभयो, “हाम्रो अहिलेको मुख्य प्राथमिकता राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धि हासिल गर्नु हो । हाम्रो नीति र कार्यक्रमको लक्ष्य समाजवादको जग खडा गर्नु हो । हामीले शान्तिपूर्ण माध्यम र लोकतान्त्रिक प्रतिस्पर्धाद्वारा जनताको सरकार स्थापित गर्ने सोच राखेका छौँ ।” 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को विभिन्न आन्दोलनको अनुभवसहित पार्टी एकताको बिन्दुमा आइपुग्दा साम्राज्यवाद र सामन्तवादविरुद्ध लड्दै वर्तमानको उपलब्धि हासिल भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । 

उहाँले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन अस्तित्व रक्षाको अवस्थामा पुग्दा नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा पार्टीलाई लोकप्रिय बनाउन सकिएको स्मरण गर्नुभयो । 

माओवादी सशस्त्र जनयुद्धले मुलुकका सिमान्तकृत समुदायका बीचमा राजनीतिक चेतना फैलाउँदै संविधानसभा, गणतन्त्रलाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उहाँले जानकारी दिनुभयो । 

यी दुवै अनुभवपछि दुई पार्टीबीच माक्र्सवाद, लेनिनवादको मार्गदर्शक सिद्धान्तका आधारमा बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक मूल्यमान्यता, आर्थिक, सामाजिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्रको सबलीकरण, समाजवादी दिशानिर्देश, आम सहभागिता र शान्तिपूर्ण लोकतान्त्रिक माध्यमको नीतिगत विशेषतासहित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुभयो । 

उहाँले नेकपाले हाल संघीय संसद्मा दुई तिहाइ जनमत र सातमध्ये छ प्रदेशमा सरकार सञ्चालन गरिरहेको जानकारी दिँदै यसबाट जनताले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनादेश दिएकाले सरकार आफ्ना सबै प्रयासमार्फत समृद्ध नेपाल र सुखी नेपालीको संकल्प साथ अघि बढिरहेको छ भन्नुभयो । 

उहाँले नेपाल र चीनले एकआपसमा आफ्ना समाजवादी अभ्यास र मर्मलाई आत्मसात् गरेको उल्लेख गर्दै उहाँले जनताले समाजवादमा मात्र वास्तविक प्रगति, न्याय र जनमुखी विकास महसुस गर्न सक्ने भएकाले विश्व पूँजीवादको प्रभाव कम गर्नु वर्तमानको आवश्यकता रहेको बताउनुभयो । 

नेपालले पञ्चशील सिद्धान्तअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चीन सरकार र जनताले नेपालको शान्ति प्रगति र समृद्धिको चाहनामा सामान्य तथा विशिष्ठ अवस्थामा सहयोग गर्दै आएकोमा प्रशंसा गर्नुभयो । 

उहाँले सो पार्टी स्कुलको अवलोकन गर्नुभएको थियो । पार्टीलाई जनतासँग जोड्न, नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्न त्यस्ता स्कुल महत्वपूर्ण हुने भन्दै उहाँले यसबाट आफूहरुले पनि सिक्ने अवसर पाएको बताउनुभयो । 

प्रधानमन्त्रीले कम्युनिष्ट स्कुलको अनुभवको आदानप्रदान गर्दै सुशासन र समृद्धिका लागिसमेत सहयोग पुग्ने भएकाले आफूहरुलेसमेत सकारात्मक भूमिका खेल्ने उल्लेख गर्नुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x