×

NMB BANK
NIC ASIA

पुरुषले परिवार नियोजनका साधन प्रयोग नगर्दा समस्या !

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

तेह्रथुम, ७ असार - जिल्ला अस्पतालका डा मुक्तिनारायण शाहसहित स्वास्थ्यकर्मीहरुको टोली जेठको पहिलो साता पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) शिविरका लागि पूर्वी संक्रान्तिबजार पुग्यो । आठराई गाउँपालिकालाई लक्ष्य गरी आयोजित एक दिने शिविरमा एक जना पनि सेवाग्राही आएनन् ।

Muktinath Bank

संक्रान्तिबजारमा मात्रै हैन, कार्यालयले छथर र फेदाप गाउँपालिकामा आयोजना गरेको शिविरमा पनि सेवाग्राही आएनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाका सबै स्थानीय तह र जिल्ला अस्पतालमा समेत दुई सातासम्म सञ्चालित सो शिविरबाट जम्मा सात जनाले मात्रै सेवा लिए । छथर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा सञ्चालित आइयुसिडी र इम्प्लान्ट शिविरमा पनि उल्लेख्य संख्यामा महिलाले सेवा लिएनन् । आईयुसिडी. प्रयोग गर्ने महिला एक जना पनि आएनन् । 


Advertisment
Nabil box
Kumari

शिविरबाट २९ जना महिलाले मात्रै इम्प्लान्ट सेवा लिए ।

Vianet communication
Laxmi Bank

मेन्छ्यायेम गाउँपालिका क्षेत्रभरि सेवा दिँदै आएको मोराहाङ स्वास्थ्य चौकीको सामाजिक परीक्षणका क्रममा स्वास्थ्य चौकीले सार्वजनिक गरेको एक तथ्याँकमा गाउँपालिका क्षेत्रका सक्रिय यौन उमेरको जनसंख्यामध्ये १५ प्रतिशतले मात्रै परिवार नियोजनका साधनहरु प्रयोग गरेको उल्लेख छ ।

जिल्लामा परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या न्यूनमात्रै रहेको छ । 

परिवार नियोजनका साधन प्रयोग गर्नेमध्ये पुरुषको संख्या झनै कम रहेको छ । परिवार नियोजनका साधनको विषयमा जानकारी अभाव तथा लाज र डरका कारण सर्वसाधारणले परिवार नियोजनका साधन प्रयोग गर्दैनन् । जिल्ला स्वास्थ्य कार्यालयले परिवार नियोजनका साधनबारे सचेतीकरण र प्रयोगको दरलाई बढाउन वर्षेनी लाखौँ रुपैयाँ खर्च गर्दैआएको छ । तर त्यो लगानी बालुवामा पानी सरह भइरहेको छ । 

कार्यालयले लाखौँ खर्चिएर सञ्चालन गरेको भ्यासेक्टोमी शिविरमा यो वर्ष ७ जनाले मात्रै सेवा लिएका छन् । पुरुषले प्रयोग गर्ने एकमात्र स्थायी परिवार नियोजनको यो सेवा जिल्ला अस्पतालबाहेक अन्यत्र उपलब्ध छैन । जिल्ला अस्पतालमा समेत ओपिडीमार्फत एक जनाले पनि सेवा लिएका छैनन् । वर्षमा एक पटक सञ्चालन हुने शिविरमा बल्ल ७ जनाले सेवा लिएका हुन् । महिलाले प्रयोग गर्ने स्थायी साधनहरु आईयुसिडी र इम्प्लान्ट प्रयोग गर्नेको संख्या पनि न्यून छ । 

परिवार नियोजनका सबै साधनहरु सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइन्छन् । सर्वत्र उपलब्ध हुने कन्डमको समेत अत्यन्तै न्यून प्रयोग हुने गरेको तथ्याँकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यायलको तथ्याँक अनुसार आर्थिक वर्ष २०७३/७४ मा १ हजार ३ ५२ जना कन्डम प्रयोग गरेका छन् । पाँच सय ५० जनाले पिल्स सेवन गरेका थिए भने १ हजार ५१८ जनाले डिपो लगाएका थिए । सो वर्ष जिल्लाका ३१० जनाले इम्प्लान्ट प्रयोग गरेको र ४० जनाले आइयुसिडी सेवा लिएका जिल्ला स्वास्थ्य कार्यायलका सूचना अधिकारी लभरेन्ज शाहले बताउनुभयो । 

सो वर्ष १५ जना पुरुषले भ्यासेक्टोमी गराएका थिए । जिल्लाका सर्वसाधारणले स्वास्थ्य संस्थाबाट परिवार नियोजनका साधन ल्याएर प्रयोग गर्न नै असहज मान्ने गरेका पाइएको छ । कार्यालयका परिवार नियोजन शाखाका प्रमुख भन्छन्, “हामीले जिल्लाका सबै स्वास्थ्य संस्थाबाट विभिन्न प्रकारका परिवार नियोजन सेवा दिइरहेका छौँ, तर लाज र डरका कारण धेरैले त्यस्तो सेवा लिदैनन् ।” 

गाउँ–गाउँसम्म सूचना प्रवाह गर्न विभिन्न सञ्चार माध्यम, स्वास्थ्य चौकीहरु र महिला स्वास्थ्य स्यवम्सेविकाहरुलाई परिचालन गरिएपनि परिवार नियोजनका साधन प्रयोगको दर बढ्न नसकेको उहाँले बताउनुभयो । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा २०६८ को जनगणना अनुसार कूल जनसंख्या १ लाख १ हजार ५७७ रहेको छ । त्यसमध्ये करिब ३० हजार जनसंख्या सक्रिय यौन उमेरका रहेका जिल्ला जनस्वास्थ्य अधिकृत कृष्णदेव यादव बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “त्यतिका धेरै जनसंख्या यौन उमेरका छन्, तर परिवार नियोजनका साधनको प्रयोग अत्यन्तै न्यून छ, यो कसरी सम्भव छ ?” उहाँका अनुसार परिवार नियोजनका साधनको प्रयोगको कमीका कारण अनिच्छित गर्भधारण धेरै भएको हुनसक्छ । जिल्लामा पुरुषले परिवार नियोजनका साधनहरु प्रयोग गर्न नमान्ने गरेकाले पनि त्यो संख्या कम भएको हो । 

अधिकांश पुरुषले बच्चा जन्माउने महिलाले हो, पुरुषले हैन, त्यसैले परिवार नियोजनका साधन पनि महिलाले नै प्रयोग गर्नुपर्छ भन्ने धारणा राख्ने भएकाले पनि पुरुषले परिवार नियोजनका साधन प्रयोग नगर्ने गरेको उहाँले बताउनुभयो । जिल्ला अस्पतालकै गाइनोलोजिष्ट डा रोहितकुमार झा पनि गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिने गरेकाले परिवार नियोजनका साधनको प्रयोगको कमी भएको बताउनुहुन्छ । 

उहाँ गर्भपतनलाई परिवार नियोजनको साधन नबनाउन आग्रह गर्नुहुन्छ । जिल्ला अस्पतालसहित अन्य मातहतका १४ वटा स्वास्थ्य संस्थाबाट अहिले मान्यताप्राप्त चिकित्सकले सूचीकृत स्वास्थ्य संस्थाको रुपमा गर्भपतन सेवा प्रदान गर्दै आएका छन् । ती स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा शुरु भएको छोटो अवधिमै दुई सय भन्दा बढीले सेवा लिएपछि जिल्लामा परिवार नियोजनका साधनको प्रयोग अत्यन्तै न्यून भएकाप्रति सरोकारवालाको ध्यान गएको हो । 

अहिले सुरक्षित गर्भपतन सेवा शुरु भएपछि यो भन्दा अगाडि धेरैले असुरक्षित गर्भतपन गराउँदै आएको अनुमान लगाउन सकिन्छ । अनिच्छित गर्भधारण पछि महिलाले औषधि पसलबाट जथाभावी औषधि खरिद गरी प्रयोग गर्ने गरेका छन् । गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा बढ्न नदिन अझै उल्लेख्य रुपमा काम गर्नु खाँचो भएको उहाँले बताउनुभयो । क्रिपाको एक सर्वेक्षण अनुसार हाल नेपालमा २५ प्रतिशत अनिच्छित गर्भधारण हुने गर्छ । 

अनिच्छित गर्भधारण गरी गर्भपतन गर्नेमध्ये ५८ प्रतिशतले अझैपनि असुरक्षित गर्भपतन गर्ने गरेका छन् । सुरक्षित गर्भपतन गर्न पाइने कानूनी प्रावधानबारे अझै पनि ४१ प्रतिशत मात्रै जानकार रहेका छन् । यो तथ्याँकलाई आधार मान्दा पनि परिवार नियोजनको माध्यमको रुपमा नेपालमा असुरक्षित गर्भपतन बढ्दो रहेको अनुमान गर्न सकिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x