×

NMB BANK
NIC ASIA

पाँच महिनामा ४ लाख ५४ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ७ असार - सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ । 

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१७ को सोही अवधिमा १२.५ प्रतिशतले बढी हो । 

तथ्यांकअनुसार सन् २०१७ को मे महिनाको तुलनामा यस वर्षको मे महिनामा भारतबाट सबैभन्दा बढी ८.६ प्रतिशत पर्यटक आएका छन् । 

त्यसैगरी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का मुलुकबाट आउने पर्यटकको आवागमनलाई हेर्दा गत वर्षको यही महिनामा सकारात्मक वृद्धि (२.२ प्रतिशत) देखिन्छ । पर्यटक आगमनको आँकडा हेर्दा चीनबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ । 

सन् २०१७ को मे महिनाको तुलनामा यस वर्षको मे महिनामा २५.२ प्रतिशतले वृद्धि भएको छ । पर्यटक आगमनमा सार्क मुलुकको तुलनामा एशिया १४.२ प्रतिशतले अगाडि छ । थाइल्याण्ड र सिंगापुरबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भई क्रमशः ६२.१ प्रतिशत र ११.३ प्रतिशत पुगेको छ ।

समग्रमा गत वर्षको मे महिनामा युरोपबाट नेपाल आउने पर्यटकको संख्या १८ प्रतिशतले घटेको पाइएको छ । तथापि फ्रान्स र जर्मनीबाट आउने पर्यटकको संख्या क्रमशः २६.८ र ४९ प्रतिशतले बढेको छ । सोही अवधिमा संयुक्त अधिराज्य बेलायतबाट आउनेको संख्या ७.४ प्रतिशतले घटेको देखिन्छ । 

सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ मे महिनामा अष्ट्रेलिया र न्यूजील्याण्डबाट आउने पर्यटकको संख्यामा क्रमशः १०.४ र २८.७ प्रतिशतले वृद्धि भएको छ । संयुक्त राज्य अमेरिका र क्यानडाबाट पनि अघिल्लो वर्षको तुलनामा सन् २०१८ को मे महिनामा क्रमशः ७.४ र ५.३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको छ । रासस

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x