×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशको बजेट सम्झौतापत्र जस्तो भएको सांसदहरुको आरोप

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ७ असार– कर्णाली प्रदेशका सांसदहरुले आर्थिक मन्त्री प्रकाश ज्वालाले संसदमा आर्थिक वर्ष २०७५/०७६ कालागि प्रस्तुत गरेको बजेट सम्झौतापत्र जस्तो भएको आरोप लगाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद करवीर शाहीले बजेटमा धेरै ठाँउमा सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको बताउँदै त्यो सम्भाव्यता अध्ययन कहिले सकिने हो, डिपिआर कहिले गरिने हो र कार्यान्वयनमा कहिले जाने हो भन्दै प्रश्न गरे । ‘यो बजेटमा सम्भावनै सम्भावनाका कुरा उल्लेख छ’ सांसद शाहीले भने, ‘मलाई त यो बजेट सम्झौतापत्र जस्तो लागेको छ ।’ सांसद शाहीले बजेटलाई दामासाहीको रुपमा नबाँडन सरकारलाई आग्रह गर्दै आवश्यकता पहिचानका आधारमा बजेट विनियोजन गर्न माग गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसका तर्फबाट सांसद झोवा कामीले केन्द्रले जस्तै दुर्गमलाई हेला गरी बजेट ल्याएको भन्दै आलोचना गरेकी छिन् ।  ‘केन्द्रमा मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्र बजेट पारेका छन् ’ उनले भनिन, ‘कम्तिमा कर्णाली प्रदेशका त्यस्तो नगरियोस् ।’ सांसद कामीले यदी मन्त्रीहरुले आफ्नो क्षेत्रमा बजेट हाल्ने र दुर्गम क्षेत्रमा बजेट विनियोजन नगरे ढुंगा हान्न समेत पछि नपर्ने चेतावनी दिईन । ‘कसैलाई काखा र पाखा नगरियोस्’ उनले भनिन्, ‘त्यस्तो भएको खण्डमा हामीहरु  जस्तो सुकै कदम उठाउन पनि तयार छौं ।’


Advertisment
Nabil box
Kumari

सांसद गोपाल शर्माले बजेट वितरणमुखी भएको बताए ।‘बजेट कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा वितरणमुखी हुने गरी आएको छ ’ उनले भने, ‘यसलाई सुधार्न आवश्यक छ ।’ सांसद शर्माले बजेटलाई आफूले साइकलमा चढेर उच्च गतिमा गुडिरहेको कार जस्तै दगुर्न खोजेको रुपमा लिएको बताए । ‘साइकलको टायर कुनैपनि बेला फट्न सक्छ ’ सांसद शर्माले भने, ‘चालकले होस गरेर चलाउनुहोला ।’

Vianet communication
Laxmi Bank

सांसद अमृता शाहीले गत ४ महिनाको बजेट कार्यान्वयन हुन नसकेको बताउँदै सरकारले संसदमा पेश गरेको बजेट कार्यान्वयन गर्न चुनौती रहेको बताईन् । उनले सुर्खेतका बाढीपीडितलाई तत्काल छानोमुनि ल्याउन सरकारसँग माग गरिन् ।

सांसद चन्द्रबहादुर शाहीले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिए । ‘बजेट केही गरिखाला जस्तो गरी आएको छ ’ उनले भने, ‘तर यो बजेटलाई सरकारले कार्यान्वयन गर्न खुट्टा नकमाओस् ।’ सांसद शाहीले संसद गफ गर्ने थलो नभएको बताए । ‘हामीले जनताका आवाज बोल्ने गरेका छौं ।’ उनले भने, ‘संसदले उठाएका हरेक आवाजलाई सरकारले गम्भिरताका साथ लिई कार्यान्वयन गर्न लागोस, संसदले गफ गरेको नठानोस् ।’

सांसद शाहीले मध्यपश्चिमाञ्चल विकास क्षेत्र यहि क्षेत्रका नेताहरुका कारण पछि परेको बताउँदै अब कर्णालीको विकास गर्न यहि क्षेत्रका नेताहरुले भूल गर्न नहुने बताए । उनले सरकारले छिन्चु भेरी करिडोर र कर्णाली करिडोरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सरकारले पेश गरेको बजेटमाथि विगत ३ दिनदेखि संसदमा सांसदहरुले धारणा राखिरहेका थिए । सांसदहरुको बजेटमाथिको सैदान्तिक छलफल सकिएको छ ।
सांसदहरुले बजेटमाथिको सैद्धान्तिक छलफलमा उठाएका प्रश्नहरुको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जवाफ दिनेछन् । तत्पश्चात बजेटमाथि दफावार छलफल हुने सभामुख राजबहादुर शाहीले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x