अस्ट्रेलियाविरुद्ध डेनमार्कको अग्रता, एरिकसेनले गरे गोल

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ ।

निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्रता दिलाएका हुन् ।

खेल अझै जारी छ ।

आजको खेल जितेमा डेनमार्क अर्को चरणमा पुग्ने लगभग पक्का हुनेछ भने हारसँग अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिनेछ ।
 

असार ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस