घरबहाल कर घरपतिलाई होइन, अब स्थानीय तहलाई बुझाउनुस्

असार ८, २०७५

काठमाडौं, ८ असार - तपाईँ कुनै घरको कोठा, फ्याट वा घर नै भाडा लिएर बसिरहनुभएको छ ? तपाईँले तिरेको कुल भडामध्ये स्थानीय तहद्वारा निर्धारित घरबहाल कर तिरे नतिरेको थाहा छ ? यसमा शंका लागेको छ भने आगामी भदौ १ गतेदेखि कूल भाडामध्ये निर्धारित घरबहाल कर स्थानीय तहको नाममा कटाएर घरपतिलाई तिरे पनि फरक नपर्ने कानुन आउँदैछ ।

आगामी भदौ १ देखि लागू हुने मुलुकी देवानी (संहिता) ऐन– २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन–२०७४ अन्तर्गत परिच्छेद ९ मा घर बहालसम्बन्धी प्रावधान राखिएको छ ।


उक्त ऐनको ३९२ धारामा भनिएको छ– घरधनीको कर वा दस्तुर बुझाउने दायित्व भएमा र नजले समयमा कर वा दस्तुर नबुझाएमा बहालमा लिने व्यक्तिले त्यस्तो कर वा दस्तुर आफैँले बुझाउन सक्नेछ।

घर बहालमा दिँदा वा लिँदा दुवै पक्षले अबदेखि सम्झौता गर्नुपर्ने भएको छ ।

नेपाल समचारपत्रमा खबर छ।

असार ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस