×

NMB BANK
NIC ASIA

वारेन बफेभन्दा ५३ वर्ष कान्छा जुकरबर्गसँग उनकै जति छ सम्पत्ति

असार ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ असार – फेसबूकका संस्थापक मार्क जुकरबर्ग बुधवार वारेन बफेसँग बराबरी गर्दै संसारका तेस्रा सबभन्दा धनी मानिस बनेका छन् । 

बर्कशायर ह्याथवे इन्कर्पोरेसनका अध्यक्ष बफेभन्दा ५० वर्ष कान्छा जुकरबर्गको सम्पत्ति अहिले ८१.६ अर्ब डलर अर्थात् लगभग नौ हजार करोड रुपैयाँ छ । बफेसँग पनि त्यति नै सम्पत्ति छ । 

फेसबूकको डाटा लीक विवादमा घेरिएपनि जुकरबर्गको सम्पत्ति ८.८ अर्ब डलरको फाइदा भयो । यो विवादका कारण त्यसो त फेसबूकको शेयर १८ प्रतिशतसम्म झरेको थियो । 

फेसबूकको शेयर २७ मार्चमा १५२.२२ डलरको स्तरमा पुगेको थियो तर अहिले त्यो २०२ डलरमा छ । फेसबूकको शेयर ह्वात्तै बढ्दा कम्पनीका अधिकारीहरूलाई धेरै फाइदा भएको छ । कम्पनीका चीफ अपरेटिङ अफिसर शेरिल
स्यान्डबर्गको सम्पत्ति अब १.८ अर्ब डलर पुगेको छ । अनि चीफ टेक्नोलोजी अफिसर माइकल स्क्रोफरको सम्पत्ति पनि २२५ मिलियन डलर पुगेको छ । कम्पनीमा उनको ०.०५ प्रतिशत हिस्सा छ । 

जम्मा ३४ वर्ष पुगेका जुकरबर्ग अहिले अमेजनका अध्यक्ष जेफ बेजोस र माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सभन्दा मात्र पछि छन् । संसारका सबभन्दा धनी व्यक्ति बेजोसको सम्पत्ति १४४.८ अर्ब डलर छ जबकि गेट्सको ९२.८ अर्ब
डलर छ ।

Sagarmatha Cement
Muktinath Bank

न्युयोर्कको शेयर बजारको हरेक दिनको कारोबारका आधारमा अप्डेट हुने ब्लूमबर्ग इन्डेक्समा यो जानकारी दिइएको छ । यो सूचीमा संसारका ५०० धनी मानिसको नाम हुन्छ । 

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x