×

NMB BANK
NIC ASIA

बजेट खर्चमा प्रदेश सरकार कमजोर : २३ प्रतिशत मात्रै खर्च

असार ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ८ असार – ७ नम्बर प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिका लागि विनियोजन गरेको रकममध्ये जेठ महिनासम्म २३ दशमलव ४२ प्रतिशत खर्च भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आर्थिक मामिला तथा योजना मन्त्रालयको चालू आर्थिक वर्षको विनियोजित खर्च रकमको समीक्षासम्बन्धी विवरणमा विनियोजन भएकोमध्ये चालूतर्फ ८ करोड ४४ लाख २२ हजार र पूँजीगततर्फ ३ करोड ८२ लाख ६९ हजार रुपैयाँ समेत गरी जम्मा १२ करोड २६ लाख ९१ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्षको बाँकी अवधिका लागि १ अर्ब १ करोड ९४ लाख ६ हजार रुपैयाँ विनियोजन गरिएको थियो । मन्त्रालयको विवरणमा प्रदेशसभा सचिवालयका लागि विनियोजन भएकोमध्ये ४४ दशमलव १ प्रतिशत रकम खर्च भएको देखाइएको छ ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ३ करोड ८९ लाख ३ हजार विनियोजन भएकामा ३ करोड ५९ लाख ५४ लाख ९ सय ८२, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ५ करोड ३६ लाख १५ हजार रुपैयाँ विनियोजन भएकामा ५७ लाख ८१ हजार रुपैयाँ खर्च भएको छ ।

Vianet communication
Laxmi Bank

आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित ३ करोड ५५ लाख २८ हजारमध्ये ९५ लाख ५९ हजार ५ सय ९८ रुपैयाँ र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका लागि कूल विनियोजित ५ करोड ४४ लाख ९४ हजारमध्ये १ करोड २१ लाख ८४ हजार रुपैयाँ खर्च भएको बताइएको छ । 

यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ४ करोड १६ लाख ७८ हजारमध्ये १ करोड १३ लाख ६९ हजार रुपैयाँ, भौतिक पूर्वाधार विकास मन्त्रालयको ५ करोड ६० लाख ८५ हजार रकममध्ये १ करोड १० लाख ९६ हजार र सामाजिक विकास मन्त्रालयको ८ करोड ७५ लाख ५५ हजारमध्ये १ करोड १० लाख ७३ हजार रुपैयाँ र मुख्य न्यायाधिवक्ताको कार्यालयको ७१ लाख ८४ हजार रकममध्ये २ लाख ६३ हजार रुपैयाँ मात्र खर्च भएको विवरण उल्लेख छ ।

अर्थ विविध शीर्षकमा छुट्याइएको ५६ करोड ४० लाख २३ हजारमध्ये खर्च हुन सकेको छैन । प्रदेशसभा बैठकमा बोल्ने प्रतिपक्षी प्रदेशसभा सदस्यले चालू आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउन पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x