×

NMB BANK
NIC ASIA

सडकको मध्यविन्दु सारेको आरोपमा विवाद

असार ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रत्ननगर चितवन, ८ असार- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनस्थित रत्ननगर नगरपालिकाको चार लेनको नमूना सडकको विवाद अझै यथावत छ । 

यसअघि चरम लापर्बाहीका कारण सडकको निर्माण नसकिँदै दबिने, अलकत्रा सोहोरिएर ठूला–ठूला ढिस्का बन्ने र भत्किने समस्या अझै थपिँदो छ । 

ती समस्याका कारण एकचरण पिच भत्काएर पुनःकालोपत्रे गरिए पनि सडक दुरुस्त बन्न नसकिरहेका बेला मध्यविन्दुको विवादले फेरी निर्माण कार्यमा अवरोध भएको हो । 

सडकको दायाँबायाँ चौडाइ कूल ५० मिटर बनाइए पनि मध्यविन्दु तल्लो भागमा सारिएको आरोप स्थानीयवासीले लगाएका कारण काम नै रोकिएपछि रत्ननगर नगरपालिकाको अगुवाइमा बिहीबार सडक डिभिजन कार्यालयका इन्जिनियर अरुणकुमार कर्णसहित स्थानीयवासीबीच रत्ननगरमा आकस्मिक छलफल तथा सडकको स्थलगत अवलोकन समेत गरेका थिए 

इन्जिनियर कर्णले सडक नापेर समस्या यथासक्य चाँडो समाधान गर्ने आश्वासन दिनुभयो । छलफलमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सडक बिगार्ने ठेकेदार र इन्जिनियर नै भएको दाबी गर्दै सो विषयमा गृहमन्त्रालयमा समेत लिखित उजुरी गरिसकेको जानकारी दिनुभयो । 

दुई हजार २०० मिटर सडक निर्माण गर्न तीन वर्ष लाग्नु लाजमर्दाे भएको उल्लेख गर्दै उहाँले स्थानीयवासीलाई चित्तबुझ्ने गरी काम गरेर देखाउन इन्जिनियर कर्णलाई आग्रह गर्नुभयो । रत्ननगर नगरपालिका वडा नं– २ का वडाध्यक्ष तिलकराज शर्माले सडक अपांगमैत्री समेत बन्न नसकेको बताउनुभयो । 

स्थानीयवासी रविन्द्र श्रेष्ठले भौगोलिक अवस्थाको अध्ययन नै नगरी सडक निर्माण गर्दा समस्या आएको दाबी गर्नुभयो ।सो सडकको मध्यभाग नै बीचमा नरहेको दाबी गर्दै उहाँले पुनः नाप जाँच गर्न माग गर्नुभयो । स्थानीयवासीले सडकको मध्यभागको डिभाइडर करीब ६०,७० सेन्टिमिटर तल्लो क्षेत्रमा सारिएको आरोप समेत लगाएका थिए । 

विभिन्न क्षेत्रमा सडक अग्लो होचो बनाइएको, दुई छेउमा अग्ला पर्खाल लगाएर स्थानीयवासीको घरमा जान भ¥याङ चढ्नुपर्ने अवस्था आएको, ढललाई बेवास्ता गरेर सर्भिसलेन निर्माणको काम तीव्र पारिएको गुनासो उनीहरूको थियो । 
सडकभन्दा फुटपाथ धेरै अग्लो बनाएकाले अपांगसमेत जानै नसक्ने गरी सडक निर्माण भएको अर्का स्थानीयवासी सुन्दर श्रेष्ठले दाबी गर्नुभयो । 
पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवनको रत्ननगर बजार क्षेत्रमा ग्रिनरीसहितको चार लेनको नमूना सडक बनाइ दुईतर्फी नै सर्भिस लेन र फुटपाथ सहितको सडक निर्माण भइरहेको छ । 

जम्मा दुई हजार २०० मिटरको उक्त सडक म्याद थपिँदासमेत निर्माण हुनसकेको छैन । नगरस्तरीय उपभोक्ता समितिका अध्यक्ष रामेश्वर भटृराईले यहाँ ढलको च्याम्बर समेत व्यवस्थापन नै नगरी धमाधम गिटीले पुरेर लापरवाहीका साथ सडक निर्माण भैरहेको बताउनुभयो । 

अर्का स्थानीयवासी देवेन्द्रकुमार श्रेष्ठले पहिले नक्साङ्कनमा सडकमा घर नपरेकामा अहिले घर परेको देखिएकाले निर्माणमा समस्या उब्जिएको छ भन्नुभयोे । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले सडक गुणस्तरको नबनेकामा चिन्ता प्रकट गर्दै अहिले सडकबाट मानिसको घरमा जानलाई भ¥याङ चढेर जानुपर्ने अवस्था अउनु विडम्बना हो भन्नुभयो । 

रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दवाडीले सडक निर्माणमा केटाकेटी पारा देखिएकाले यस्तो समस्या छिटो समाधान गर्न डिभिजनको ध्यानाकर्षण गराउनुभयो । 

उक्त कार्यालयका इन्जिनियर अरुणकुमार कर्णले सडकको मध्यविन्दु यकिन गर्न आज नै नापी शाखालाई नाप जाँचका लागि पत्र काट्ने र एक हप्ताभित्रमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले पर्खाल लगाएको ठाउँमा भत्काउन परे भत्काएर समस्या समाधान गरिने समेत जानकारी दिनुभयो । परियोजना ढिलो भएको र यसमा केही कमजोरी भएको स्वीकार गर्दै सो विषयमा अख्तियारले समेत छानबिन गरिरहेको इन्जिनियर कर्णले बताउनुभयो । 

रु १९ करोड ७० लाखमा २०७२ सालबाट ठेक्का सम्झौता भएको सडक निर्माणमा थपिएको म्याद गएको असोजमा सकिए पनि अझै निर्माण सकिएको छैन । 

निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्ट्रक्सनका कर्मचारी मुकेश तामाङले ७८ प्रतिशत काम सकिएको सडक स्थानीयवासीको अवरोधका कारण बुधबारदेखि काम गर्न रोकिएको बताउनुभयो । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x