कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सुर्खेत, ८ असार– कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सरकारले आर्थिक वर्ष २०७५/०७६का लागि संसदमा पेश गरेको बजेट कर्णालीको समृद्धिको कोसे ढुंगा भएको बताएका छन् ।
कर्णाली प्रदेश सभामा बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री ज्वालाले समृद्ध कर्णाली सुखी कर्णाली लक्ष्य राखेर बजेट ल्याइएको दाबी गरे । ‘बजेट धेरै होइन अलि अलि महतवाकांक्षा बोकेर आएको सत्य हो ।’ उनले भने, ‘समृद्ध कर्णाली निर्माणको लागि कोसे ढुंगाको रुपमा यो बजेट सरकारले ल्याएको छ ।’
मन्त्री ज्वालाले कर्णालीको बजेटलाई वितरणमुखी नभई प्रतिफल मुखी बनाउने उदेश्यका साथ ल्याइएको दाबी गरे । ‘केही सांसदहरुले बजेट वितरणमुखी भयो भन्नुभयो ।’ उनले भने, ‘एकाध सामाजिक सुरक्षाका क्षोत्रमा बाहेक अन्यत्र हामीले प्रतिफलमुखी बजेट विनियोजन गरेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’ कर्णाली प्रदेशमा विभिन्न कुरीती रहेको, छाउपडि, बोक्सी प्रथा कायमै रहेकाले तयसलाई न्युनिकरण गर्न सामाजिक जनचेतना अभिवृद्धिका कार्यक्रमकालागि केहि बजेट विनियोजन गरिएको र सांसदहरुले त्यसैलाई आधार मानेर वितरणमुखी भनेको हुनन सक्ने उनको संकेत थियो ।
आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकार अरुको सम्पती बाँडने भान्से नबन्ने दाबी गरे । ‘कर्णालीका जनताले पनि कर तिरेका छन् । जनताको करलाई कर्णालीको समृद्धकालागि खर्च गर्नेछौं ।’ मन्त्री ज्वालाले भने, ‘हामीले अरुबाट मागेर ल्याएको बजेटको भान्से बन्ने कहिल्यै प्रयत्न गर्नेछैनौं ।’ उनले हरेक सांसदहरुले ल्याएका योजनाहरुलाई नै समेटेर बजेट ल्याएको बताए । ‘कोही सांसदको क्षेत्रमा कम र कोही सासंदको क्षेत्रमा बढी बजेट विनियोजन गरेका छैनौं ।’ उनले भने, ‘सबैलाई समान नजरबाट बजेटले हेरेको छ ।’
संसदमा सांसदहरुले ‘डल्लो फुटाउँदा जनताका अपेक्षाको डल्लो नफुटाइयोस’ भन्ने धारणप्रति सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री ज्वालाले वर्षा अगाडी नै वाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई छ । सुर्खेतको साटाखानीलाई विशेष आर्थिक क्षेत्र बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताउँदै सरकारले ७५ प्रतिशत बजेट विकासे कार्यकोलागि विनियोजन गरेको सांसदहरुलाई समरण गराए । ‘संघीय सरकारले २४ प्रतिशत मात्रै पुजींगत बजेट विनियोजन गरेको छ ।’ उनले भने, ‘तर हामीले २५ प्रतिशत चालु खर्चले ७५ प्रतिशत विकासे बजेट खर्च गर्ने र समाजवाद उन्मुख अर्थतनत्रको जग बसाल्ने तयारी गरेका हौं ।’
उनले विभिन्न मिडियामा सांसदहरुलाई बजेट विनियोजन गरिएको भन्ने समाचार निराधार, कपोकलिपत भएको बताए । उनका अनुसार स.सदहरुलाई त्यस्तो कुनैपनि बजेट विनियोजन गरिएको छैन । मन्त्री ज्वालाले बजेट कार्यान्वयनमा सांसदहरुबाट चुनौती आउने देखिएको भन्ने धारणा आइरहेको बताउँदै बजेट कार्यान्वयनका लागि कानून बनाउन सरकार इमान्दारीपूर्वक लाग्ने प्रतिबद्धता जनाए । उनले यसकालागि साउन १ गतेदेखि आथिृक वर्षको समाप्ती अर्थात असार मसान्तसम्म कुन बेला के गर्ने भन्ने कार्यतालिका बनाएरै सरकार अघि बढने जनाकारी दिए ।
कर्णाली प्रदेशको शुक्रबार बसेको २२ औं वैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन सम्वन्धी विधेयक, २०७५, कर्णाली प्रदेश कर तथा गैरकर राजश्व सम्वन्धी विधेयक, २०७५ तथा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले गाउँसभा र नगरसभा सञ्चालनको लागि व्यवस्था गर्न बनेको विधेयक, २०७५ र जिल्ला सभा सञ्चालनका निम्ति बनेको विधेयक, २०७५ संसदमा टेबुल गरेका छन् । अब संसदको अर्को बैठक आगामी असार १३ गते बस्नेछ ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...