केपी ओलीले चीनमा गरेको सहमतिको कमल थापाद्वारा स्वागत

असार ८, २०७५

काठमाडौँ, ८ असार  राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा विगतमा दुई देशबीचमा भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गर्न गरिएको प्रतिबद्धताको स्वागत गरेको छ । 

अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालयमा आज बसेको पदाधिकारी बैठकले पारवाहन, व्यापार, रेल, बिजुली, पर्यटन र पूर्वाधारसम्बन्धी सम्झौतालाई अगाडि बढाउने प्रतिबद्धतालाई सकारात्मक रुपमा लिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए । 

अपेक्षानुरुप यही भ्रमणमा पारवाहन सन्धि हुन नसकेको र पेट्रोलियम पदार्थ आपूर्तिको वैकल्पिक व्यवस्थाबारे उल्लेख नभएकामा बैठकले चिन्ता व्यक्त गरेको छ । पार्टीले यही असार २८ गतेदेखि असोज मसान्तसम्म ‘हिन्दू राष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । 

हिन्दूराष्ट्र पुनःस्थापनाको पक्षमा दवाव सिर्जना गर्न आगामी फागुन ७ देखि ‘हिन्दूराष्ट्र पुनस्र्थापना जनसंघर्ष’ गरिने तथा सोका लागि विभिन्न तहमा भेला, प्रशिक्षण, आमसभा र घरदैलो कार्यक्रम सञ्चालन गरिने छ । 
 

असार ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार