×

NMB BANK
NIC ASIA

चीनमा ओलीको व्यस्तता- धार्मिक स्थलको भ्रमण !

असार ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली शुक्रबार तिब्बत पुगेका छन् । प्रधानमन्त्री ओली बेइजिङबाट तिब्बत सरकार प्रमुख छी चालाको साथमा ल्हासा पुगेका हुन् । शुक्रबार दिउँसो २ बजेतिर ल्हासा पुगेका उनलाई स्वायत्त क्षेत्रका उपप्रमुख लिउ जियाङले ल्हासा विमानस्थलमा स्वागत गरेका थिए । शुक्रबारै ओलीले ल्हासामा रहेका नेपालीसँग अन्तरक्रिया गरेका छन् । उनलाई इन्टरकन्टिनेन्टल होटेलमा सरकार प्रमुख छीले शिष्टाचार भेट गरेका छन् ।  बेइजिङबाट नयाँ पत्रिकाकालागि प्रमिला देवकोटाको रिपोर्ट :

Sagarmatha Cement
Muktinath Bank

शनिबार तिब्बतमा के छ ओलीको कार्यक्रम?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहान दुई धार्मिक स्थलमा घुमफिर
बिहान प्रधानमन्त्री ओलीले तिब्बतका दुई धार्मिक स्थलको अवलोकन गर्नेछन् । सुरुमा प्रसिद्ध मन्दिर पोतला दरबार घुम्ने र त्यसपछि तिब्बतियनको पवित्र मन्दिर जोखाङ जानेछन् । दुई धार्मिक स्थल घुमेरै प्रधानमन्त्रीको शनिबार बिहान बित्नेछ ।


Advertisment
Nabil box
Kumari

यी दुवै मन्दिरको नेपालकी भृकुटीसँग साइनो छ । जोखाङ मन्दिर सातौँ शताब्दीमा नेपालबाट बुद्धको मूर्ति लगेर भृकुटीले स्थापना गरेको किंबदन्ती छ । तिब्बतियन भाषामा जोखाङ भनेको बुद्धको घर हो ।

Vianet communication
Laxmi Bank

दिउँसो कृषि परियोजना हेर्ने
दिउँसो प्रधानमन्त्री ओली ल्हासाबाट आधा घन्टाको दूरीमा रहेको छुसुई एग्रिकल्चर परियोजनाको अवलोकन गर्न जाने कार्यक्रम छ । बिहानको घुमफिरपछि खाना खाएपछि उनी छुसुई परियोजना पुग्नेछन् । यो चीनकै एक नमुना कृषि परियोजना हो ।

अति उच्च क्षेत्रमा पनि कृषि उपज कसरी उत्पादन गर्न सकिन्छ भन्नेबारे अध्ययन भइरहेको छ । तिब्बतियन जनताको गरिबी कम गर्न कृषि उत्पादन बढाउन चीन सरकारले तिब्बतमा सञ्चालन गरेको यो महत्वाकांक्षी परियोजना हो ।

यहाँको अति उच्च भेगमा पनि गोलभेँडा, काक्रो, अंगुर, स्याउलगायतका फलफूल र तरकारी उत्पादन गर्न सकिनेबारे परीक्षण भइरहेको छ ।

साँझ रात्रिभोजमा सहभागी
छुसुई एग्रिकल्चर परियोजना अवलोकनपछि साँझ प्रधानमन्त्री ओली नेपाल वाणिज्य दूतावासले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् । भ्रमण तालिकाअनुसार आइतबार प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x