×

NMB BANK
NIC ASIA

केराखेतीबाट घर, घडेरी र गाडी जोडे सुवेदीले

असार ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भरतपुर : केराखेती गर्नकै लागि रजहरका यज्ञप्रसाद सुवेदी नवलपरासीबाट चितवन आए।

Muktinath Bank

भारतीय सेनामा कार्यरत बुवा जीवलाल सुवेदीले लाहुरे बनाउन खोजे पनि आमाको मायाले उनी भर्ती हुन मानेनन्। विवाहले व्यावहारिक बनाउँदै लगेको उनलाई सन्तान प्राप्तिपछि आम्दानीको विकल्प खोज्न बाध्य बनायो। अवकासपछि बुवाले केराखेती गरेको देखेपछि सुवेदीले पनि त्यसैमा हात हाले। २१ वर्षको उमेरमा १७ वर्षअघि दुई बिघाबाट सुरु गरेको उनको केराखेती अहिले ५५ बिघामा विस्तार भएको छ। २०५७ सालदेखि उनले केराखेती थालेका हुन्। खैरहनी, पदमपुर, ठिमुरा, जगतपुरमा उनले जग्गा भाडामा लिएर व्यावसायिक केराखेती गरेका छन्। भरतपुरमा बसेर उनले पूर्व र पश्चिम चितवनमा केराखेती गर्न भ्याएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुरुवातमा उनले श्रीमतीको गहना बेचेर व्यवसाय सुरु गरेका थिए। अहिले उनलाई पछाडि फर्केर हेर्नु परेको छैन। श्रीमती जानकी सुवेदीसँगै उनी केरा खेतीमा सक्रिय छन्। श्रीमान श्रीमती सँगै फर्ममा पुग्छन् सँगै फर्किंन्छन्। घरमा श्रीमतीसहित सन्तान पाल्न गाह्रो होला भनेर सुरु गरेको व्यावसायिक केराखेतीले उनको जीवनले कोल्टे फेर्यो । ‘काममा निरन्तरता दिए सफल भइँदो रैछ’, यज्ञप्रसादले भने, ‘अहिलेको स्थानमा बसेर फर्केर हेर्दा आफैं दंग परेको छु।’ गत साल उनले दुई करोडको कारोबार गरे। हावाहुरी र असिनापानीले क्षति पुर्यााएका कारण कारोबार घट्ने अनुमान छ। १० वर्षमा ब्याज तिर्दैमा ठिक्क भयो।


Advertisment
Nabil box
Kumari

धेरै क्षेत्रमा लगाउँदा फाइदा भएको उनले बताए। १७ जना नियमित कामदार छन्। केराखेती गरेरै उनले गाडी चढ्ने भएका हुन्। उनले घडेरी र जग्गासमेत जोडेका छन्। उनले भरतपुरमा चितवन बनाना क्याफेसमेत सञ्चालन गरेका छन्। केराको बगानसहित केराका परिकार व्यवस्था गरेर उनले रेस्टुरेन्ट खोलेका हुन्। अन्नपुर्ण पोस्टमा समाचार छ ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x